को ठीक ? लालबाबु कि रामशरण

काठमाडौ, २३ चैत । कर्मचारीतन्त्रमा सुधार गर्न विदेशी पिआर भएकालाई कानुनको दायरामा ल्याउन सामान्य प्रसासन मन्त्रि लाल बाबु पण्डितले गरेको प्रयासमा सरकारकै अन्य मन्त्रीबाट असहयोग हुन थालेको छ । विदेशी पीआएर लिएका एक सहसचिवलाई कारबाहीको विषयलाई लिएर अर्थमन्त्री महतले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग मन्त्रिपरिषदको वैठकमै चर्काचर्की समेत गरेको श्रोत बताउँछ । श्रोतका अनुसार यी दुई मन्त्रीविच बोलचालसमेत बन्दको अबस्था छ ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अर्थ मन्त्रालयका सहसचिव भरत सुवेदीलाई कारबाही गर्न खोजेपछि अर्थमन्त्री डा रामशरण महत बैठक स्थलमै कड्किएका थिए । सहसचिव सुवेदीलाई अर्थमन्त्री महतले आफ्नो मन्त्रालयमा नयाँ पदस्थापन सहितको जिम्मेवारी दिन खाजेका छन् भने सामान्य प्रशासनमन्त्री पण्डितले सुवेदीसँग विदेशी पीआर भएको भन्दै उनलाई अर्थमा पदस्थापन नभई कारवाही गर्नुपर्ने अडान लिँदै आएका छन् ।
सामान्य प्रशासन मन्त्रालयमा रहेका वा मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने कुनैलाई पनि सरुवा, बढुवा गर्न नपाइने भन्दै मन्त्री पण्डितले सचिव, सहसचिव जुनसुकै तहको भएपनि डिभी परेका, पीआर पाएका र ग्रीन कार्ड लिएकालाई कारबाही गर्ने बताउँदै आएका छन् ।
सरकारमा पण्डितसंगको सम्बन्ध खराब भइरहेको समयमा महतको उपप्रधानमन्त्री तथा स्थानिय विकास मन्त्री प्रकाशमानसिंहसंगको सम्बन्ध पनि विग्रीएको छ । आफूलाई जानकारी नदिइ सिंह नुवाकोट गएका कारण महत रिसाएका उनी निकट श्रोतले बताएको छ । १५ चैतमा उपप्रधानमन्त्री सिंह नुवाकोटको एक सामाजिक कार्यक्रममा सहभागि हुन गएका थिए । नुवाकोट जांदा महतलाई जानकारी नदिएको मात्र होइन नुवाकोटका अर्का नेता अर्जुननरसिंह केसीको निम्तोमा गएका कारण पनि महत रिसाएको स्रोतले बताएको छ । नुवाकोटको राजनीतिमा मात्र हैन काँंग्रेसी राजनीतिमा महत र केसीबीच सधैको प्रतिष्पर्धी मानीन्छन् ।
अर्जुननरसिंह केसीका माता पिताको नाममा स्थापित यशोदा देवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले नुवाकोट र रसुवा जिल्लाको सार्वजनिक बिद्यालयहरुबाट प्रथम हुनेलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा सिंह सहभागि थिए । सिंह सहभागि हुन गएसँगै महतको असन्तुष्टी सिंहसँग बढेको हो ।

प्रतिक्रिया