अपराधीलाई छाडिन्न : वामदेव

bamdevबुटवल, १७ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी आफ्नो भएको बताउँदै समाजमा अराजकता मच्चाउनेलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अराजगता मच्चाउने, अर्काको सम्पत्ति लुट्ने, गुण्डागर्दी गर्नेहरुलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन समेत दिए ।
ब्रम्ह्मकुमारी ईश्वरीय विश्वबिद्यालय क्षेत्रीय कार्यालय बुटवलमा निर्माण हुन लागेको राजयोग सभागृहको सोमबार सिलान्यास गर्दै मन्त्री गौतमले नेपालमा हिंसात्मक आन्दोलन आवश्यक नभएको र शान्ति र सम्वृद्धिका लागि बैधानिक बाटोबाट अंगाडी बढ्न पनि सबैलाई आग्रह गरे ।
सरकारले सुुरु गरेको शान्ति सुव्यवस्था कायम गर्ने काममा प्रतिवद्ध भएर काम गर्न उनले सुरक्षा अधिकारीहरुलाई आग्रहसमेत गरे । गौतमले सुशासन कायम गर्नका लागि भ्रष्टाचार अन्त्य हुनु पर्ने धारणा राख्दै प्रधानमन्त्री सुशील कोइरालाले अगाडि सारेको शून्यशहनशिलताको बाटोबाट काम गर्न पनि सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिए ।
‘सुशासन कायम गर्नका लागि भ्रष्टाचार अन्त्य हुनु पछर्,’ उपप्रधान मन्त्री गौतमले भने, ‘शुन्य शहनशिलता बिकासका लागि म तयार छु ।’ सो कार्यक्रममा नेकपा एमालेका सचिव विष्णु पौडेल, नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, एनेकपमा माओवादीका नेता टोप बहादुर रायामाझी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया