‘अब एउटै कम्युनिष्ट केन्द्र’

JN_fine copyकाठमाडौं १६ चैत्र । एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी सबै छरिरहेका कम्युनिस्ट शक्तिलाई एकीकृत गरी एउटै कम्युनिष्ट केन्द्र बनाउने सोचसहित अघि बढिरहेको धारणा राखेका छन् ।
उनले अघिल्लो संविधानसभामा भएका उपलब्धिको स्वामित्व ग्रहण गर्ने प्रक्रिया प्रारम्भ भएको बताउँदै नयाँ संविधानसभामार्फत नेपाली जनताका रूपान्तरणको चाहनालाई सम्बोधन गरिने बताए ।
एमाले पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष अध्यक्ष खनालले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिने वचन दिए ।
कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य प्रल्हाद गिरी र नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य विष्णुप्रसाद भट्टराईलगायतका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा एमालेका अध्यक्ष झलनाथ खनालले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
प्रवेश गर्नेमा एमाओवादीका केन्द्रीय सल्लाहकारद्वय जितेन्द्रप्रसाद यादव र दिनेश गिरी, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुदिप गिरी, राज्यसमिति सदस्य तारा कार्की, डा. अहमुदिन अन्सारी, जिल्ला कमिटी सदस्य राधा शाह, शम्भू शाह र रमेश गिरीलगायत तीन दर्जन छन् ।
कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञवाली र शंकर पोखरेलको पनि उपस्थिति थियो । (सौस)

प्रतिक्रिया