वैदेशिक रोजगार विभागका निर्देशक अख्तियारको हिरासतमा

काठमाडौं, ५ चैत । अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशकसहित नौ जनालाई हिरासतमा लिएको छ । गैरकानुनी कागजात बनाई अन्तिम श्रम स्वीकृति दिएको आरोपमा विभागका निर्देशक चिरन्जिवी अधिकारीसहित नौ जनालाई हिरासतमा लिएको अख्तियारले जनाएको छ ।
हिरासतमा पर्नेमा निर्देशक अधिकारीसहित शाखा अधिकृत कुमारप्रसाद पोखरेल, गम्भीरसिंह विष्ट, लवराज जोशी, बाबुलाल रेग्मी, नायब सुब्बा भीमबहादुर बस्नेत र लक्ष्मीप्रसाद ढुंगाना, कम्प्युटर अपरेटर सञ्जीव नेपाल र सुशील शाक्य रहेका अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । उनीहरुमाथि कतार जाने एकसय ९ जना र दुबई जाने ६३ जनालाई गलत कागजातको आधारमा अन्तिम श्रम स्वीकृति दिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया