चिट्गाउँ, ४ चैत । आइसिसी विश्वकप ट्वान्टी २० समूह ‘ए’ क्वालिफायरको मंगलबार भएको खेलमा बंगलादेशले नेपाललाई आठ विकेटले पराजित गर्यो । १२७ रनको लक्ष्य पछ्याएको बंगलादेशले १५.३ ओभरमा १३२ रन जोड्यो । बंगलादेशललाई जित दिलाउने क्रममा सकिब अल हसनले अविजित ३७ रन जोडे । उनले एक चौका र चार छक्का प्रहार गरे । उनले शक्ति गौचनको १५ औ ओभरमा दुई छक्का प्रहार गरेका थिए । त्यसै ओभरमा सबिर रहमानले पनि छक्का प्रहार गरे । सहबीरले २१ रन जोडे । शक्तिले चार ओभरमा ४० रन खर्चे ।
तमिम इकवाल र अनमुल हकले बंगलादेशका ६३ रनको कीर्तिमानी पहिलो विकेटको साझेदारी गरे । यस अघि मोहमद अस्रफुल र तमीम इकवालले पहिलो विकेटका लागि ट्वान्टी २० क्रिकेटमा सर्वाधिक ६२ रनको साझेदारी गरेका थिए । इकवालले ३२ रन जोडे भने अनामुलले ४२ रन जोडे । उनी शक्तिको बलमा छोटो रन लिने प्रयासमा रन आउट भएका थिए । नेपालका सन्त रेग्मीले सानदार बलीङ गर्दै तीन ओभरमा १४ रन खर्चीदै एक विकेट लिए सागर पुनले नौ बल बलीङ गर्दै १६ रन खर्चिए । महंगा सावित सोमपाल कामीले दुइ ओभरमा २१ रन खर्चिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतीमा १२६ रन जोड्यो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधीक ४१ रन जोडे भने शरद भेषवाकरले ४० रनको योगदान गरे । ३९ रनमा तीन विकेट लिए पछि यी दुइले चौथो विकेटका लागि ८५ रनको साझेदारी गरे । नेपाललार्य कम योगफलमा सिमित गर्ने क्रममा अल अमिन हुसेनले चार ओभरमा १७ रन खर्चिदै दुइ विकेट लिए । उनले तीन बलको विचमा सागर पुन र ज्ञानेन्द्र मल्लको विकेट लिए पछि नेपाल दवावमा आएको थियो । हुसेन म्यान अफ द म्याच पनि घोषित भए ।
प्रतिक्रिया