रङहरूको पर्व होली

color_03 copyकाठमाडौं १ चैत । बारा कलैयाका राहुल यादव यो वर्षको होली काठमाडौमै मनाउाने तयारीमा छन् । राजधानीको घट्टेकुलोमा बस्ने यादवले दुई दिनसम्म धुमधामसाग एकआपसमा रङ लगाएर होली खेल्ने योजनामा रहेको सुनाए । ‘पहिलो दिन पहाडी समूदायसाग र दोस्रो दिन तराईवासीसाग होली खेल्ने योजनामा छु,’ उनले भने, ‘होली पर्वलाई संस्कृतिको रुपमा विकास गर्न मैले दुई दिन मनाउाने तयारी गरेको हो ।’
शिक्षण पेशासाग आवद्ध ओखलढुङका शिवराज गौतमको पनि यो वर्षको होली सकेसम्म दुई दिनसम्म नै मनाउाने योजना छ । ‘पहाडी र मधेशी समुदायबीचको सेतुको रुपमा यो पर्वलाई लिनुपर्छ,’ गौतमले भने, ‘नेपाली–नेपालीबीचको संस्कृति विकासका लागि यो पर्व उपयुक्त छ ।’ वसन्त ऋतुको आगमनसागै मनाइने फागु पर्व होली हिन्दु धर्मालम्बीहरुको समेत महान चाड भएकाले त्यसको महत्व मर्न नदिन होली धुमधामसाग मनाउानु पर्ने गौतमको सुझाव छ ।
यादव र गौतम मात्र होइन पुष्पलाल मेमोरियल कलेज चावहिल स्नातक तह तेस्रो वर्षमा अध्ययनरत मेनुका कट्टेल पनि साथीहरूसाग धुमधामसाग रंग लगाएर यो बर्षको होली मनाउने तयारीमा छिन् । केही समाजशास्त्रीहरु पनि होलीका नाममा संस्कृतिको विनास र विकृति भित्र्याउाने नगरी आफू–आफू मन मिल्ने साथीभाइसाग स्वच्छ तरिकाले खेल्नु राम्रो कुरा भएको तर्क गर्छन् । लोला हान्ने र इच्छाबिपरीत रङगहरू लगाउानाले होली पर्वको मर्म विस्तारै मर्दै गएको तर्क गर्छन, विद्यार्थी नेतासमेत रहेका अषेश घिमिरे । ‘होली पर्वको नाममा उच्छृफ्ल गतिविधि गर्नु राम्रो होइन,’ घिमिरेले भने ।
नेपालमा मात्र होइन, भारतमा पनि राष्ट्रिय पर्वका रुपमा मनाउने प्रचलन रहेको यो पर्वको छुट्टै विशेषता रहेको छ । काठमाडौाको बसन्तपुरमा चीरध्वज उठाएपछि चीरदाह नगरेसम्म एक साता यो पर्वलाई सांस्कृतिक चाडका रुपमा मनाउाने चलन छ । नेपाल सरकारले पनि यो पर्वमा दुई दिन सार्वजनिक विदा दिने गरेको छ । विष्णुभक्त प्रह्लादको संरक्षण र गलत काम गर्ने होलिकाको दहनको प्रसङ्गसाग जोडेर हेर्ने गरेको यो पर्वलाई सत्य कामको सुरुवात र खुशीयालीको पर्वका रुपमा पनि लिइन्छ । होलीको धार्मिक शास्त्रअनुसार हिरण्यकश्यपु नामका राक्षसले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्न आफ्नी बहिनी होलिकाको प्रयोग गर पनि विष्णुभक्त भएकाले प्रह्लाद आगोमा नजलेको र होलीका भष्म भएको खुशीयालीमा गीत गएर नाच्दै यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।
होलीमा जथाभावी गर्नेलाई प्रहरीको कारवाही
यसैगरी नचिनेका मानिसलाई जथाभावी रङ दल्ने र लोला हाल्नेलाई प्रहरीले कारबाही गर्ने तयारी गरेको छ । प्रहरीले होली पर्वलाई नै लक्षित गरेर सुरक्षा टोलीहरू परिचालन गरिसकेको बताएको छ । होली पर्वको सांस्कृतिक पक्षलाई विकृत हुनबाट रोक्नलाई जवर्जस्ती लोला हान्ने, फोहोर पानी हाल्नेलाई प्रहरीले समातेर कारबाही गर्ने समेत तयारी गरेको छ । होली पर्वको नाममा उच्छृफ्ल गतिविधि गर्ने र होली पर्वका दिन मादकपदार्थ सेवन गरी जथाभावी सवारी साधन चलाउानेलाई कारर्वाही गर्ने नेपाल प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए ।
होली पर्वलाई अनुशासित र सुसंस्कृत बनाउन प्रहरीले विगत तीन वर्षदेखि नै सुरक्षा व्यवस्था कडा गरी संस्कृतिका नाममा विकृत तरिकाले होली खेल्नेलाई सार्वजनिक ऐन अन्तरर्गत मुद्दासमेत चलाउादै आएको छ । उनका अुनसार होली पर्वलाई व्यवस्थित र मर्यादित मनाउन होली पर्वको दिनलाई लक्षित गरी उत्यकामा मात्र छ हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौा उपत्यकाका विभिन्न गल्ली, चोकहरूमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
त्यसैगरी होली पर्वका बेला उपत्यकामा जथाभावी सवारी चलाउादा हुने दुर्घटना रोक्न महानगरीय ट्राफिक प्रहरीले समेत विशेष अभियान चलाउने भएको छ । हेल्मेट नलगाउने, तोकिएको भन्दा बढी यात्रु चढ्ने, छतमा यात्रा गर्ने तथा मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाएका कारण हुनसक्ने दुर्घटना रोक्न ट्राफिक प्रहरीले विशेष अभियान चलाउन लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक डिआइजी केशव अधिकारीले सवारी नियम उल्लङ्घन गरी दुर्घटना निम्त्याउने गरी जथाभावी सवारी चलाउनेलाई कडा कारबाही गरिने जानकारी दिए । उनका अनुसार उपत्यकाका ४७ स्थानमा बिहानैदेखि दुई चरणमा ‘चेकप्वाइन्ट्’ खडा गरी ट्राफिक प्रहरी परिचालन गरिनेछ । त्यसैगरी महाशाखाले आकस्मिक र दिनभरि मोबाइल टोली पनि खटाउाने तयारी गरेको छ ।

प्रतिक्रिया