काठमाडौं : अपहरण प्रयासको आरोपमा महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेर राखेका महेशबहादुर सिंहको परिवारले प्रहरीले ओहोदाको दुरुपयोग गरेर अनावश्यक रुपमा पक्राउ गरेर दु:ख दिएको आरोप लगाएका छन् ।
प्रकाशचन्द्र बस्नेत र उनकी श्रीमतीको अपहरण गर्न खोजेको आरोप उनीमाथि लगाइएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर सिंहका परिवारले प्रहरीले प्रमाणको रुपमा प्रस्तुत गरेका तथ्यहरुसमेत गलत र भ्रम छर्ने खालको भएको दाबी समेत गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै सिहंका दाजु महेन्द्र बहादुर सिंहले बैंकको कालो सूचीमा रहेर बैंकबाट ऋण पाउन नसक्ने अवस्था रहेकोले अदालती प्रक्रिया अघि बढाइसकेको अवस्थामा अपहरण गरेको आरोप लगाउनुले फसाउने नियत रहेको दाबी गरे ।
सिंहले अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्न योजनाबद्ध रुपमा अहरणको आरोप लगाईएको आशंका ब्यक्त गर्दै संचार माध्यममा एकहोरो मात्रै कुरा आएकोले आफूहरु बाध्य भएर स्पष्ट पार्न पत्रकार सम्मेलन गर्न बाध्य भएको गुनासो गरे । उनले भने– ”बस्नेतले पटक पटक गरी ६ करोड ५०लाख रुपैया ऋण लिएको र समयमा फिर्ता नगरेपछि ललितपुर जिल्ला अदालतमा मुद्धा दायर गरेर अहिलेसम्म विचाराधिन रहेको बताए ।
प्रहरीले कारबाहीको लागि निवेदन लिन नमानेपछि अख्तियार मार्फत माघ १९ गते कारवाही अघि बढाउन निवेदन दिएको र अख्तियारले प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएर न्यायिक प्रक्रिया अपनाईसकेको अवस्थामा अपहरण गर्ने कुरा कपोकल्पित र भ्रामक मात्रै हो । यसमा कसैको फसाउने नियत छ ।’ उनले घरबाट बरामत गरिएको भनिएको हतियार लाइसेन्स प्राप्त भएको र बरामद भएको सिङ आफ्ना वुबा पूर्व अन्चलाधीश मोहन बहादुर सिंहले ओखटोपहारबाट ल्याएको पुरानो चिज भएको समेत स्पष्ट पारे ।
श्रीमती जय श्री सिंहले ऋण उठाउने प्रक्रियामा न्यायिक बाटो अवलम्बन गरिसकेको अवस्थामा अपहरण गर्नुको कुनै औचित्य नहुने भन्दै आफ्नो श्रीमानलाई जवरजस्ती फसाउन खोजिएको दावी गरिन् । चर्को ब्याजदरमा रकम असुल्ने गरेको आरोप लागेका सिंहलाई अपहरणको पनि आरोप लगाउदै केही दिन पहिले प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया