क्वालालाम्पुर, २७ फागुन । विगत चार दिन देखी हराइरहेको मलेशियन एअरलाइन्सको विमान अझै फेला परेको छैन । मलेशियन एअरलाइन्सको एम एच ३७० विमान क्वालालाम्पुरबाट बेइजिङ जाने क्रममा सम्पर्क विहिन भएको थियो । उडान भरेको केही घण्टा वित्न नपाउदै वेपत्ता भएको थियो । मलेशिया र भियतनामको विचमा पर्ने समुद्री क्षेत्रमा सो विमान भेटिन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । २ सय ३९ यात्रु सहितको सो विमान गत शनिबारबाट हराइरहेको छ । चिन, सिंगापुर, मलेशिया, भियताम, अष्ट्रेलिया लगायतका देशका सुरक्षा समुह विमानको खोजीमा सक्रिय छन् । ४० वटा भन्दा बढी पानी जहा र २० वटा भन्दा बढी विमानले विगत चार दिनदेखी हराइरहेको विमानको खोजी गरिरहेका छन् । तर अहिलेसम्म पनि कुनै सुराक मिल्न सकेको छैन ।
‘आतंकवादी हमला होइन’
मलेसियाली विमान हराउनुमा आतङकवादीको संलग्नता नदेखिएको पाइएको अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले मङगलबार जनाएको छ ।
सो संगठनका अनुसार हराइरहेको विमानमा रहेका भनिएका दुई जना व्यक्तिका बारेमा प्रहरीले उनीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रियाकलापहरुका बारेमा खोजी गरेको र त्यसमा उनीहरुको संलग्नता नभेटिएको पाइएको हो । उक्त विमानमा अर्कैको राहादानी प्रयोग गरेर दुई जना सङकास्पद व्यक्ति चढेका र सो विमान हराउनुमा उनीहरुको हात रहेको पनि हुनसक्ने अनुमान गरिएको थियो । सोही समचारका आधारमा इन्टरपोलले खोजी शुरु गरेको थियो । त्यस क्रममा ती व्यक्तिको संलग्नता नभेटिएको पाइएको मङगलबार सो संस्थाले जानकारी दिएको हो । साथै त्यस विमानमा अन्य कुनै आतङकवादीहरुको हात रहेको नपाइएको पनि बताइएको छ । मलेसियाबाट चीनको राजधानी बेइजिङका लागि उडेको सो विमान भियतनामको आकासमा आएपछि सम्पर्क टुटेको बताइएको छ ।
मलाका स्ट्रेटमा विमान हुन सक्ने सेनाको अनुमान
मलेसियाली सेनाले चार दिनदेखि हराइरहेको विमान ‘मलाका स्ट्रेट’मा रहेको दावी गरेको छ । मलेसियाली सेनालाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार विमानले दिशा बदलेको थियो । हवाई ट्राफिक कन्ट्रोलले पछिल्लो पटक विमानसँग सम्पर्क गरेको ठाउँबाट मलाका स्ट्रेट धेरै टाढा छ । ‘स्ट्रेट अफ मलाका’ मलाया पेन्निनसुला र इन्डोनेसियाली टापु सुमात्राको बीचको ८०५ किलोमिटर सामुद्रिक क्षेत्र हो ।
प्रतिक्रिया