प्रधानन्यायाधीशका पाँच दाबेदार

काठमाडौं १९ फागुन । न्याय परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका पाँच स्थायी न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ । न्याय परिषद्ले सोमबार कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मासहित पाँच स्थायी न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको हो ।
तत्तकालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि शर्मा कामु प्रधानन्यायाधीश बनेका हुन् । मन्त्रिरिषद् अध्यक्षबाट हटेपछि रेग्मीले गत २८ माघमा प्रधानन्यायाधीशबाट पनि राजीनामा दिएका थिए । त्यसपछि प्रधानन्यायाधी पद खाली छ ।
न्याय परिषद्को सोमबार बसेको बैठकले उनीहरूको नाम प्रस्ताव गरेको हो । परिषद्का अनुसार शर्मासँगै न्यायाधीशहरू रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्की प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए ।
संवैधानिक परिषद्ले प्रस्तावित न्यायाधीशबारे छानबिन गरी व्यवस्थापिका–संसद्को संसदीय सुनुवाई समितिमा तीमध्ये एकलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया