नेता ओली अस्पतालबाट डिस्चार्ज

ko oli
काठमाडौं, फाल्गुन १७ । एमाले संसदीय दलका नेता केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । नेता ओलीलाई शनिबार अपरान्ह साढे ४ बजे डिस्चार्ज गरिएको हो । नेता ओली गत ९ फागुनदेखि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उनी मृगौला र पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनी अस्वस्थ भएपछि केन्द्रीय कमिटि बैठकमा समेत जान सकेका थिएनन् ।
उनको स्वास्थ्यका कारण सरकारमा सहभागी हुने मन्त्रीहरूको चयन गर्न स्थायी कमिटी बैठक पनि अस्पतालमै डाकिएको थियो । सो विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले विरोध पनि गरेका थिए । ओलीको दाहिने हात र खुट्टामा कही–कही ‘सेलुलाइटिस’ देखिएको थियो । उनको गिजामा समेत संक्रमण देखिएको थियो ।
ओलीको हेमोग्लोविनको मात्रासमेत कम देखिएको थियो । उनलाई चिकित्सकहरूले अझै केही दिन घरमा आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया