उपप्रधान तथा गृहमन्त्री वामदेव भन्छन्

bamdev
काठमाडौं, १४ फागुन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यस पटक आफुले ‘इमेज’ बनाउने गरी काम गर्ने र विवादबाट मुक्त हुने बताएका छन् । अघिल्ला दुई पटक गृहमन्त्री सम्हाल्दा लागेको ”अनुचित आरोप”बाट मुक्ति पाउने गरि काम गर्ने मन्त्री गौतमले बताए ।
गृह मन्त्रालयमा पद बहाली भएपछि आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री गौतमले भने ”मैले यसपाला इमेज बनाउन ेगरि काम गर्नुपर्ने छ ।” यस अघि दुई पटक सात सात महिना मात्रै गृह मन्त्री बनेकाले त्यती काम गर्न नसकेको र अनावश्य विवादमा तानिएको बताउदै उनले यस पटक गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरे ।
”म तेस्रो पटक गृह मन्त्रालयको नेतृत्व गर्दैछ । पहिलो र दोश्रो सात महिनाको मात्र रह्यो,” उनले भने, ”यस पटक मैले काम गरेर देखाउनुछ । मलाई यसअघि अनुचित किसिमले लगाएका आरोपबाट मुक्ति पाउनु छ ।” यस अघि २०५३ सालमा राप्रपाका लोकेन्द्रबहादुर चन्द र २०६५ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गौतम उपप्रधान एवं गृह मन्त्री थिए । गौतमलाई प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप पनि छ ।
अघिल्ला पटकहरुमा आफूलाई जवरजस्ती विवादमा तान्ने कोशिस गरेको दाबी गर्दै उनले यो कार्यकाल सबै किसिमका आरोप मित्थ्या सावित गराउने दावी गरे । ”
मेरो यो कार्यकाल भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता हुनेछ,” गौतमले भने, ”कोही कसैले अपराधलाई उन्मुक्ति दिएर घुस खाएमा या सिपाहीको मुखको माँड खोसेर भ्रष्टचार गरेमा ती सबै कारबाहीमा पर्नेछन् ।” उपप्रधानमन्त्री गौतमले अपराध नियन्त्रणका लागि काठमाडौं उपत्यकाबाट विशेष अभियान थालनी गर्न खुला निर्देशन दिए। ”अपराध नियन्त्रण थालनी काठमाडौंबाट सुरु गर्नुहोस्,” उनले भने, ”गुण्डागर्दी मात्र नियन्त्रण गर्न सकियो भने पनि धेरै अपराध कम हुन्छ।” गृह सचिव, जनपद आईजिपि, सशस्त्र आइजिपी, राष्ट्िरय अनुसन्धान प्रमुख सहितका अधिकारीहरु माझ सम्वोधन गरेका गौतमले ”तुरुन्त अपराध नियन्त्रण” थाल्न निर्देशन दिए ।

प्रतिक्रिया