तीन अध्यादेश बहुमतले पारित

काठमाडौं, १९ माघ । ११ महिनाअघि राष्ट्रपतिद्वारा जारी गरिएको बाधा अड्काउफुकाउ आदेशसम्बन्धी तीन अध्यादेश व्यवस्थापिका संसदले दुईतिहाई बहुमतबाट पारित गरेको छ । आइतबार बसेको व्यवस्थापिका संसदको बैठकले अध्यायदेशलाई दुईतिहाइ बहुमतले पारित गरेको हो ।

तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति यादवद्वारा जारी गरिएको अध्यादेश व्यवस्थापिका संसदले पारित गरेको हो । आइतबार व्यवस्थापिका संसदमा उपस्थित ५ सय ११ सभासद्मध्ये ४ सय ९२ सभासद्ले अध्यादेशको पक्षमा मतदान गरेका थिए । अध्यादेशको विपक्षमा १४ सभासद्ले मत दिएका थिए । २ सभासद् तटस्थ बसेका थिए ।
बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई कार्यकारी सरकार प्रमुख बनाउन बाधा अडकाउफुकाउ आदेशबाट अन्तरिम संविधान संशोधन गरिएको थियो । दलीय सहमतिमा तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले २५ बुँदे बाधा अड्काउफुकाउ आदेश जारी गरेका थिए । कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच सहमति हुन नसकेपछि तत्कालीन सरकारले १ चैत ०६९ मा बाधा अडकाउफुकाउ आदेश सिफारिस गरेको थियो ।

प्रतिक्रिया