काठमाडौं : सर्वोच्च अदालतले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति कायमै रहने बताएको छ । राष्ट्रपतिको नयाँ निर्वाचन गराउन माग गर्दै परेको रिटमा सर्वोच्चले राष्ट्रपति र उपराष्ट्रपतिको पदावधिबारे अन्तरिम संविधानमा प्रष्ट व्यवस्था रहेको बताएको छ ।
न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले राष्ट्रपतिविरुद्ध परेको रिट खारेज गर्दै भनेको छ, ‘वर्तमान अवस्थामा कायम रहेको अन्तरिम संविधानको धारा ३६ ग अनुसार राष्ट्रपतिको पदावधि संविधानभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्म लागू हुनेछ । उपधारा ‘झ’मा उपराष्ट्रपतिको सोही व्यवस्था छ । संविधानको सो स्पष्ट व्यवस्थाअनुसर संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि राष्ट्रपति एवं उपराष्ट्रपति पदावधि रहने कुरामा विवाद गरिरहनु पर्ने देखिँदैन ।’
अदालतले हस्तक्षेप नगर्ने
व्यवस्थापिका संसद्कोसमेत काम गर्ने नयाँ संविधानसभाले संविधान संशोधन गर्न सक्ने भन्दै इजलासले अदालतले हस्पक्षेप गर्नुनपर्ने बताएको छ । फैसलामा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट संविधानसभा गठन भएको र सोही संविधानसभाले धारा ८३ को १ बमोजिम संसदकोसमेत
त्यसो हुन नसके अन्तिम विकल्प निर्वाचन नै हो । त्यसका लागि सहयोग पनि माग्नुभएको छ ।’
पौडेलले छलफलमा आफूले पार्टीलाई १७ पटकसम्म उम्मेदवार बनाउँदा आफू उम्मेदवार भएको काराण् जनाउदै अप्ठेरो अवस्थामा आफूलाई नेतृत्व गर्ने मौका दिन अनुरोध गरे । पौडेलले आफूलाई नेतात्रय भनिए पनि व्यवहारमा त्यस्तो नभएको गुनासो समेत गरे ।
तीन शीर्ष नेतावीच सहमति जुट्न नसकिरहेका समयमा उपसभापति पौडेलले सभासदहरुसंग गरेको गोप्य छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । पौडेल निबासमा भएको छलफलमा उ केन्द्रीय सदस्य धनराज गुरुङ, जीवन परियार, शंकर भण्डारी, बद्री पाण्डे, रत्ना शेरचन, कमला पन्त, सूर्यमान गुरुङ, नवीन्द्ररराज जोशी, अर्जुन जोशीलगायत सहभागी थिए । त्यसैगरी सभासद यज्ञ थापा, धुव वाग्ले, राजु थापा, रामहरि खतिवडा, शारदा पौडेल, अनिता देवकोटा, हृदयराम थानी, तप्तबहादुर विष्ट, तारामान गुरुङ, रामचन्द्र पोखरेल, शेषनाथ अधिकारी, विक्रम खनाल, उषा गुरुङ, गणेश विमली, भरत खड्का, अमृत अर्याल, सुशीला चौधरी, तारिणीदत्त चटौत, प्रकाश शर्मा पौडेल, हरि खड्का लगायत झन्डै ७० जना पौडेल निवासमा भेला भएका थिए । पौडेल निवासमा छलफलमा जुटेका अधिकांश केन्दीय सदस्य तथा सभासदले सकभर सहमतिमै अघि बढ्न पौडेललाई सुझाव दिए ।
तनहुँका सभासद एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सहमति नभए निर्वाचनबाटै दलको नेता चयन हुने भएकाले आत्मविश्वास भए चुनाव लड्न पौडेललाई सुझाव दिएका थिए । भेलामा भण्डारीको भनाइ थियो, ‘सहमति नै भएन भने स्वभाविक रुपमा निर्वाचन हुन्छ । त्यसका लागि तपाईमा आत्मविश्वास छ भने अघि बढ्नुस्, हामी सहयोग गर्न तयार छौँ । म तपाईलाई सहयोग गर्छु ।’त्यस्तै पौडेल निवासको छलफलमा सहभागी केन्द्ररीय सदस्य जीवन परियारले बैठकमा बोलेका अधिकांश सभासदले निर्वाचन हुने वातावरण सिर्जना गर्नुभन्दा सहमतिमै अघि बढ्न पौडेललाई सुझाब दिए ।
प्रतिक्रिया