मन्त्रिपरिषद् अध्यक्ष रेग्मीविरुद्ध रिट

regmiकाठमाडौं । अस्पतालहरूमा हड्ताल गर्न नहुने भन्दै सर्वोच्च अदालतले दिएको आदेश पालना नभएको भन्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत १६ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
सर्वोच्चले दिएको अन्तरिम आदेशअनुसार अस्पतालहरू खुला गर्न नसकेको भन्दै उनीहरूविरुद्ध बुधबार अवहेलना मुद्दा दायर भएको हो । सोमबार न्यायाधीश प्रकाश वस्तीको इजलासले अस्पतालहरू बन्द नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो ।
स्वास्थ्यलाई अत्यावश्यक सेवा भन्दै अदालतले अस्पतालमा हड्ताल गर्न नहुने भनेको थियो । आदेश पाएको एक घन्टाभित्र अस्पतालहरू खोल्न आदेश गरेको थियो । तर, कुनै पनि अस्पताल खोल्न सरकार असफल भएको थियो । त्रिवि शिक्षण अस्पतालका नयाँ डिन डा. शशी शर्माको राजीनामा माग्दै डा. गोविन्द केसी आमरण अनशन बसेपछि उनैलाई साथ दिन नेपालभरका डाक्टरहरूले अस्पतालमा आकस्मिक सेवा मात्र दिएका थिए ।
आदेश पाएको मितिले एक घन्टाभित्र अस्पतालहरू नखुलाएकाले अदालतको आदेशको अपहेलना गरेको भन्दै बुधबार अवहेलना मुद्दा दर्ता भयो । मुद्दामा, अध्यक्ष रेग्मी, स्वास्थ्यमन्त्री विद्याधर मल्लिक, शिक्षामन्त्री माधव पौडेल, गृहमन्त्री माधव घिमिरे, त्रिवि शिक्षण अस्पतालका डिन डा. शशी शर्मा अनसनरत डा. केसीलगायत १६ जनालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया