राप्रपा नेपालले सभासद् तोक्यो

काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले संविधानसभा सदस्य पदका लागि निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ ।

दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपालले समानुपातिकमा पाएको सिटका लागि सभासदको नाम आइतबार आयोगमा बुझाएको हो । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा २४ सभासदको नाम सिफारिस गरिएको महामन्त्री चन्द्रबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गुरुङका अनुसार पार्टीका तर्फबाट विक्रमबहादुर थापा, भाष्कर भद्रा, रामकुमार सुब्बा, सुशीलकुमार श्रेष्ठ, शयन्द्र बान्तवा, कुन्तीकुमारी शाही, दिनेश श्रेष्ठ, दिलनाथ गिरी, लीलादेवी श्रेष्ठ, रेशमबहादुर लामा, गंगाप्रसाद यादव र कमलादेवी शर्मा सिफारिसमा परेका छन् । त्यसैगरी विराज विष्ट, बबिना मोक्तान लावती, राजेश्वरी देवी, धानो महरा, श्यामसुन्दर टिवडेवाल, सीता लुईंटेल (ज्ञवाली), श्रीकान्ती पासी, कान्ता भट्टराई, राजकुमार अग्रवाल, रामदुलारी चौधरी र भक्तबहादुर विश्वकर्मा (खपांगी) पनि सभासद पदमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया