जनमोर्चाले सभासद्को टुंगो लगायो

 

काठमाडौं : राष्ट्रिय जनमोर्चा नेपालले समानुपातिकतर्फ पाएको तीन सिटमा पठाउने सभासद्को नाम टुंगो लगाएको छ ।
जनमोर्चाको केन्द्रीय समितिको बैठकले शुक्रबार अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनलाई संविधानसभामा पठाउने निर्णय गरेको हो । संविधानसभामा विजयी महिला सभासद्को संख्या ३३ प्रतिशतभन्दा कम भएकाले तीन सिटमध्ये दुई जना महिलालाई नै पठाइएको उक्त पार्टीले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फ जनमोर्चाले ९२ हजार ३ सय ८७ मत प्राप्त गरेको थियो । आयोगले जनमोर्चालाई सो मतका आधारमा संविधानसभामा तीन सिट पाउने निर्णय गरेको थियो । पार्टीले टुंगो लगाएको नाम आइतबार निर्वाचन आयोगमा बुझाउने जनमोर्चाले जनाएको छ । (सौस)

प्रतिक्रिया