कालिकोटमा नुन अभाव

nunकालिकोट २२ मंसिर । कालिकोट जिल्लामा आयोडीन यूक्त नुनको अभाव भएपछि स्थानीयवासी मर्कामा परेका छन् ।

कालिकोट जिल्लाको लामो दूरीका गाविसहरुबाट आयो नुन लिन दिनहु यात्रा गरेर सदरमूकाम आए पनि साल्ट ट्ेरडिङग कर्पोरेशन लिमिटेड जिल्ला डिपोबाट प्रति व्यक्ति ३ पोका मात्र नुन बितरण गर्दा उनीहरु मर्कामा परेका हून् ।
धौलागोह गाविसदेखि करिब दुईदिनको यात्रा हिडेर २५ पाकेट नुन लिने तयारीमा सदरमूकाम मान्म आएका स्थानीयवासी धनकृष्ण न्यौपानेले जिल्ला डिपोबाट मात्र ३ पाकेट नुन पाएकोमा दुख व्यक्त गरे । उनले भने ‘दुई दिनको यात्रा गरेर धेरै नुन लिएर घर जाने सोच थियो तर सदरमूकाम आएर ३ पाकेट मात्र नुन लिएर पकिर्नु पर्ने बाध्यता छ ।’ यस्तै समस्यामा पर्ने अर्का ओदानकू गाविसका स्थानीयवासी दुर्गाप्रसाद काप्ले पनि हुन् । उनी दिनभरी हिडेर सदरमूकाममा नुन लिने मात्र आएका थिए । यस्तो समस्यामा पर्ने उनी मात्र होइनन्, नुन लिन भनेर सदरमूकाम आउने सबै कालिकोट वासीलाई यो समस्याले सताउने गरेको छ ।
यसरी घरबाट धेरै नुन लिने आशा बोकेर सदरमूकाम आएका स्थानीयवासीहरु रिक्तोहात घर फर्किनु पर्ने अवस्था आउँदा पनि सरोकार राख्ने निकायहरुले उचित ध्यान दिन सकिरहेका छैनन । साल्ट ट्ेरडिङग कर्पोरेशन लिमिटेड कालिकोट डिपोका प्रमूख टोपेन्द्र विसीले दोस्रो संबिधानसभा निर्वाचनको समयमा यातायात सेवा बन्द भएर स्टोरमा नून अभाव भएकोले प्रतिव्यक्ति ३ पाकेटका दरले नुन बितरण गर्नुपर्ने अवस्था आएको बताए । उनले तत्काल यस समस्याको समाधानका लागि आफुहरुले पहल गरिरहेको जानकारी पनि दिए । तर दोस्रो संबिधानसभा निर्वाचन सम्पन्न भएको करीब दुई हप्ता बित्तिसक्दा पनि आवश्यकता अनुसारको नुन ढुवानी गर्न नसक्नु संबन्धित निकायले लाप्रबाही गरेको स्थानीहरुको भनाई छ ।

प्रतिक्रिया