कालीकोट, २१ मंसिर । सुर्खेत जुम्ला सडक खण्डमा यातायात व्यवसायीको मनोमानीका कारण यात्रा गर्ने यात्रुहरू सास्ती भोग्न बाध्य छन् । कच्चि सडक र साघुँरो बाटोका कारण सुर्खेत जुम्ला सडक खण्डको कालीकोट जुम्ला सडक खण्डमा यायायात व्यवसायीहरूले यात्रुहरूलाई सास्ती दिने गरेको गुनासो यात्रुहरूको छ ।
यातायात व्यवसायीले यात्रुहरूलाई जबरजस्ती गाडिमा बस्न बाध्य पार्ने, मनोमानी भाडा असुल गर्ने तथा गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने गरेको यात्रुहरूले गुनासो छ । ‘जुम्ला जान भनेर कालिकोटबाट गाडी छेटे पनि नाग्ममा पुगेपछि विभिन्न वाहानाले यात्रुलाई बीचैमा छोडिदिने गरेको उनीहरू बताउछन् । नेपाल पत्रकार महासंघ कालीकोटका सचिव रामजी बोगटीले भने, ‘नाग्म पुगेपछि विभिन्न बहानामा यातायात व्यवसायी समितिका कर्मचारीहरूले यात्रुहरूलाई अलपत्र पार्ने गरेका छन् ।’
यात्रुलाई अलपत्र पार्नमा यातायात व्यवसायीहरू मात्र होइनन् स्थानीय होटल व्यवसायी तथा स्थानीय प्रहरीको पनि संलग्नता देखिने गरेको यात्रुहरूको भोगाई छ । ‘यात्रुहरूलाई गन्तव्यमा पुर्याउँदैनन्’ अघिल्लो बुधबार नाग्ममा अलपत्र परेका एक यात्रुले भने, ‘समितिका कर्मचारीहरू उल्टो थर्काउछन् । प्रहरीलाई खवर गरे वास्ता गर्दैन ।’ प्रहरीसँगको मिलेमतोमा समितिका कर्मचारी यात्रुहरूलाई सास्ती दिने गरेका छन् ।
कालिकोट जुम्ला सडक खण्डमा सञ्चालित यात्रु बसहरूमा यातायात व्यवसायीहरूले गर्ने मनोमानीमा प्रहरीको संलग्नताबारे प्रहरी भने सहमत छैन । कर्णाली राजमार्गमा यात्रुहरूलाई सहज यात्राका लागि प्रहरीले प्रयास गरेको उनीहरू बताउछन् ।
नाग्म प्रहरी चौकीका इन्चार्जकाअनुसार यात्रुहरूलाई मर्का नपरोस् भनेर प्रहरीले सक्रियता बढाए पनि सफल नभएको बताए । उनले यात्रुको हितका लागि प्रहरी क्रियाशिल भएको दावी गरे ।
प्रतिक्रिया