काठमाडौं, १८ मंसिर । निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँड गरेको छ ।
समानुपातिक निर्वाचनमा सहभागी दललाई आयोगले आज (मंगलबार) कान्तिपथमा बोलाएर सिट संख्याका बारेमा जानकारी दिएको हो हो ।
आयोगका अनुसार समानुपातिकतर्फ कांग्रेसले ९१, एमालेले ८४, एमाओवादीले ५४, राप्रपा नेपालले २४, राजमोले ३ सिट पाएका छन् । यस पटक संविधानसभामा ३० दलले सहभागिता जनाउने छन् ।
यसैबीच, आयोगलले दलहरुलाई समानुपातिक तर्फका सभासद्हरुको अन्तिम नामावली बुझाउन एक हप्ताको समय दिएको छ । समानुपातिकमा समावेशी रुपमा नाम बुझाउनु पर्ने छ ।
यसैबीच, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाएका दलहरु ढिलो चांडो प्रक्रियामा आउने बताएका छन् । आयोगमा आयोजित पत्रकार सम्मेलनमा उप्रेतीले नौं दलहरु सम्पर्कमा नआएको बताए ।
प्रतिक्रिया