काठमाडौं, १८ मंसिर । चुनाव धाँधली भएको आरोप लगाउँदै आएका एमाओवादीसहित १६ साना दलहरुले निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।
संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले पाएको मत र सिट संख्याबारे औपचारिक जानकारी गराउन आयोगले आज (मंगलबार) कान्तिपथस्थित कार्यालयमा बैठक बोलाएको हो । एमाओवादीसहितका १६ दलका कुनै पनि प्रतिनिधि बैठकमा सहभागी नभएको नेताहरुले जनाएका छन् ।
बैठक बहिष्कार गर्नेमा एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, संघीय सदभावना पार्टी, फोरम गणतान्त्रिकलगायतका छन् ।
उनीहरुले चुनावमा भएको धाँधलीको स्वतन्त्र छानविन हुनु पर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया