मोरङ, १८ मंसिर । नौमती र पञ्चेबाजामा बालबालिकाको प्रयोग नगर्न र गर्न नदिन दलित अगुवाले आग्रह गरेका छन् ।
समाजमा हुन विवाह, व्रतबन्ध, पास्नी तथा अन्य विभिन्न उत्सवमा नेपाली पञ्चेबाजाको प्रयोग गर्नु राम्रो भए पनि बाजा बजाउने कार्यमा बालबालिकाको प्रयोगले बालअधिकारको उल्लंघन भएको भन्दै सचेत अगुवाले बालबालिका प्रयोग नगर्न र गर्न नदिन आग्रह गरेका हुन् ।
सामाजिक उत्सवमा नेपाली सांस्कृतिको धरोहर राष्ट्रिय बाजाको रुपमा प्रयोग गरिने नौमती एवं पञ्चेबाजा बजाउने कार्य गौरवपूर्ण भए पनि सदस्य टोलीमा नाबालकलाई यत्रतत्र प्रयोग गरिने गरिएको दलित पत्रकार सञ्जाल पूर्वाञ्चल संयोजक बिरु दर्नालले बताए ।
दलित अगुवाले समाजका सबै सचेत व्यक्तिले बाजा बजाउने कार्यमा बालबालिकाको प्रयोग भएको पाइए सम्झाइबुझाई गर्न र नमान्नेलाई कानुनी निकायमा उजुरी दिन आग्रह गरेका छन् ।
पञ्चे र नौमतीबाजा नेपालमा दलित समुदाय खासगरी परियारले बजाउँदै आएको पुख्यौली पेसा हो । सीमान्तकृत गरिबीको रेखामुनि रहेको यो समुदायले पेट पाल्नका लागि आफूसँगै बालबालिकाको पनि प्रयोग गर्दा उनीहरू पढ्ने लेख्ने अधिकारबाट वञ्चित हुँदै आएका छन् । खासगरी सानो ढोल, टयाम्का, झयाम्टा बजाउन बालबालिकाको प्रयोग गर्ने गरिएको छ ।
प्रतिक्रिया