रामेछापमा बस दुर्घटना/ ७ यात्रुको मृत्यु

Ramechhap District

दोलखा, १७ मंसिर । रामेछाप जिल्लामा यात्रुवाहक वस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा वीस यात्रु घाईते भएका छन् ।

रामेछापको रामपुरबाट रामेछाप आउँदै गरेको बा २ ख ३१६६ नम्बरको वस आज (सोमबार) विहान सुकाजोर–६, पालेवनमा दुर्घटना हुँदा सात

जनाको मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा रामेछाप रामपुर–३ का ८५ बर्षीय सन्तबहादुर श्रेष्ठ, ओख्रेनी–४ का २५ बर्षीया जानुका श्रेष्ठ, रामपुर–५ का ५० बर्षीया कमला तामाङ, रामपुर–२ का ५५ बर्षीय नीरबहादुर तामाङ, रामपुर–२ कै ५० बर्षीय दोजराज तामाङ, रामपुर–१ का ६० बर्षीय महावीर माझीलगायतका रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको छ । वस सडकबाट करीव पचास मिटर तल खसेको छ ।

प्रतिक्रिया