डडेलधुरामा बस दुर्घटना / १२ यात्रुको मृत्यु

Dadeldhura-Bus-Accidentकैलाली, १६ मंसिर । बाजुराको तिपाडाबाट धनगढी जाँदै गरेको मालिका यातायातको बस दुर्घटना हुंदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
डडेल्धुराको गाँखेत–८, मेलखर्कमा आज (आइतबार) बिहान करीब ५ बजे ना ५ ख ७८९ नम्बरको बस दुर्घटना हुँदा १२ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । घाईते मध्ये सातजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा बाजुरा बाजु गाविस वडा नम्बर ७ का दलबहादुर अधिकारी, सुरबहादुर अधिकारी, हरिलाल खत्री, भक्त सार्की, बाजुरा कैलाशमाण्डौं गाविस वडा नम्बर ८ का लक्ष्मीराम थापालगायतको मृत्यु भएको प्रहरी भनाई छ ।

घाइतेहरुमा बाजुराको वाधु–६ का राजबहादुर खत्री, बाधु–७ का सब्बल लुहार, बीरु अधिकारी, भक्त सार्की, बाधु–७ का दिनेश अधिकारी, धनु सार्की, गौरी रावल छन् ।
गोत्री–७ का जयमान दमाईं, उज्ज्वल दमाईं र सोही गाविस–८ का अर्जुन ओड, वडा नम्बर ७ का चिने दमाई, मुगु भैरवस्थान गाविस–३ का कर्मराज जैसी, सोही गाविस–६ का कर्ण सार्की, मानबहादुर सार्की, मुगु धैना–५ का अमृत सार्की, मार्तडीका झरना खडका, राजन खडका, आठ वर्षीया प्रमिला पण्डित, प्रेमराज पण्डित, कृष्णराज पण्डित, नीरा पण्डित, धुनदेवी पण्डित, मार्तडी–७ का विनोद विक, पाण्डुसैन–२ का गोर्ख कडारा, डोटी गजरा–२ का अमर कुँवर, बाजुरा कैलाशमाण्डौँ–८ का खडक थापा, पाण्डुसैन–२ का चिने कडारा, मुगु धैना गाविससका कर्णजित सार्की र कञ्चनपुर–७ का गणेश वडू घाइते भएका छन् ।

बस सडकबाट करीब ३०० मिटर तल खसेको प्रहरी निरीक्षक केशव बोहराले जानकारी दिए ।

प्रतिक्रिया