मतदाता शिक्षा प्रभाव विहिन भएको दलहरुको निष्कर्ष

चितवन, १५ मंसिर । मतदाता शिक्षाको लागि खर्च भएको रकमको प्रभावकारि परिणाम आउन नसके पछि सम्बन्धित निकाय र विभिन्न रानैतिक दलहरु चिन्तित बनेका छन्

निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षामा मात्रै निवाचन आयोग चितवनले ४० लाख रकम खर्च गरेको थियो । तर मतदाता शिक्षा प्रभावकारि नभएपछि त्यो रकमको पारदर्शीतामा प्रश्न चिन्ह् खडा भएको छ । चितवनमा कुल खसेको मत मध्ये प्रत्यक्ष तर्फ करिव ४.३६ प्रतिशत मत बदर भएपछि राजनितिक दलहरु मतदाता शिक्षा बाट सन्तुष्ठि बन्न नसकेका हुन् ।
त्यस्तै गरि समानुपातिक तर्फ पनि करिव तिन प्रतिशत मत बदर भएको छ । चितवनका पााच निर्बाचन क्षेत्रमा २ लाख ७३ हजार ८ सय तीन मतदाता मध्ये प्रत्यक्ष तर्फ २ लाख १६ हजार ३ सय ८५ मत खसेको थियो भने समानुपातिक तर्फ २ लाख २२ हजार ४ सय २३ मत खसेको थियो ।
मत गणनामा सहभागी बेलचोकका रबिन्द्र गौतमका अनुसार अधिंकाश मत दुई ठाउमा छाप लगाएर बदर भएको छ । मतदातालाई जानकारी नहुदा सुरुमा पाएको प्रत्यक्ष तर्फको मतपत्रमा दुई ठाउामा स्बस्तिक छाप लगाएको पाईएको छ । निर्बाचन अधिकृतको कार्यालयका प्रचार संयोजक नरेन्द्र केसीका अनुसार एउटै मतपत्रमा रुख र गाई चिन्ह , सूर्य र गाई चिन्ह , हसिया हथौडा र गाई चिन्ह धेरै भेटिएको छ ।
चितवन क्षेत्र नम्वर ४ बाट नेकपा एमालेकी उमेदवार पार्वति रावलले आफनो क्षेत्रमा भएको कुल बदर मतमध्य ७० प्रतिशत बढि सुर्य संगै गाई र सुर्य संगै हलो लगायतका चिन्हमा छाप लगाएको भेटिएको बताईन् । त्यस्तै गरी चितवन क्षेत्र नं १ बाट नेपाली काग्रेसका उमेदवार राजेन्द्र बुलाकोर्टीले पनि दुई ठाउमा छाप हानेकै कारण मत बदर भएको बताए । मत बदर भएको यो परिणाम हेर्दा जिल्लामा मतदाता शिक्षा कमजोर भएकोमा कसैले नकार्न नमिल्ने नेकपा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले बताए ।उनले निवाचन आयोग र राजनितिक दलहरुको कमजोरीका कारण बदर मत बढी भएको स्वीकार गरे । बदर मत बढि भएका कारणले पनि जित र हारमा असर गरेको उनि बताउछन् । मतदाता शिक्षाको लागि आएको रकम लक्षित वर्गमा खर्च गरिने भन्दा पनि कर्मचारिले बिभिन्न शिर्षकमा भत्ता खाजा लगायतका यावत क्षेत्रमा खर्च गरि कमाउने धन्दामा लागेकाले मतदाता शिक्षा प्रभावकारि नभएको एक नेताले बताए । उनका अनुसार सरकारी कर्मचारी जनमुखि र सेवा मैत्रि बन्न नसेकेका कारणले यो समस्या देखा परेको हो ।

प्रतिक्रिया