भरतपुर कारागारमा कैदीलाई सास्ती

चितवन, १५ मंसिर । जिल्ला कारागार चितवनमा क्षमता भन्दा वढि कैदी हुदा व्यावस्थापनमा समस्या परेको छ । १ सय ५० जना क्षमता रहेको कारागारमा हाल ५ सय २२ जना कैदि रहेका छन् ।

कारागार ब्यवस्थित नहुदा महिला कैदि बन्दिलाई झनै समस्या परेको गुनासो छ । ३० जना महिला क्षमता रहेको यस कारागारमा ५४ जना महिला कैदी रहेका छन् भने १ सय २० जना पूरुष क्षमता भएको स्थानमा ४ सय ६८ जना पुरुष कैदिहरु रहेका छन् । जसका कारण कारागारको व्यावस्थापनमा समस्या परेको कारागार प्रशासनले जनाएको छ । कारागारमा अत्याधिक चाप बढेपछि जाडोको समयमा हुन सक्ने संक्रमित रोगको संक्रमण फैलन सक्ने सम्भावना बढेको कारागार नाईके निरा थनेतले बताए । क्षमता भन्दा बढि कैदि बन्दि भएपछि आन्तरीक प्रशासनको व्यावस्थापनमा पनि समस्या भएको जिल्ला कारागार जेलर चोलाकान्त पोख्रेलको बताए । कारागारको व्यावस्थापनका लागि कारागार विभागमा लिखित पत्रचार गरे पनि त्यसको सुनुवाई नभएको उनले गुनासो गरे । जसको कारण समस्या समाधानमा चुनौती थपिएको उनले बताए ।
कारागारमा रहेका वन्दि कैदिहरुले भने समस्या समाधानका लागि उपयुक्त हुने संविधान वनाउन नव निवार्चित सभासदहरुलाई सुझाव दिएकाा छन् । पछिल्लो समय कारागारलाई सुधार गृहको रुपमा लिईए पनि अहिले सम्म त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन् । कारगार भित्रका जनशक्तिलाई सदुपयोग गर्न नसक्दा समस्या चुनौतीपुर्ण रहेको जिल्ला कारागार चितवनका चैकिदार राजेन्द्र चौधरील बताए । उनले आफुहरुको समस्या वुझेर संविधान लेख्न पनि सुझाव दिए । उनले कारागार भित्र रहेको कैदिहरु मध्ये केहिले सिपमुलक काम गरेको भए पनि दुई तिहाईकैदी वेरोजगार रहेको भन्दै उनले यसलाई व्यावस्थापन गर्ने खालको संविधान ल्याउनु पर्ने कुरामा जोड दिए । कैदि बन्दिहरु संग पनि सिप र श्रम रहेकाले त्यसको उचित कदर हुनु आवस्यक रहेको उनिहरुको तर्क छ ।

प्रतिक्रिया