भैरहवा, १४ मंसिर । राप्रपाका महामन्त्रि दीपक बोहराले अहिलेको निर्वाचन शान्तिपुर्ण र धाधलीरहित ढंगले सम्पन्न भएको बताएका छन् । राप्रपाद्धारा विहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित संविधान सभा सदस्य बोहराले भने “यत्तिको स्वच्छ र निक्ष्पक्ष निर्वाचन नेपाली राजनितीक इतिहासमा कहिल्यै भएको थिएन । एउटा शक्तिले निर्वाचन बहिस्कार गरिरहेको अवस्थामा पनि ८० प्रतिशत मत खस्नु, अर्कोतिर शान्तिपुर्ण रुपमा हुनु आफैमा महत्वपुर्ण भएको छ । ’
पुर्वमन्त्रि समेत रहेका बोहराले नारायणी भन्दा पश्चिम तराई सम्मको क्षेत्रलाई बुद्धप्रदेश बनाउनुपर्ने र सो प्रदेशको राजधानी रुपन्देहीको सिद्धार्थनगरमा राखेमा सबैभन्दा राम्रो हुने धाराण ब्यक्त गरे । राप्रपाका प्रभावशाली नेता बोहराले लुम्बिनीेको विकास संग सबै दलका नेता परिचीत भएको हुदा बुद्धप्रदेशलाई सबैले मान्ने पनि जिकिर गरेका छन् । नेता बोहराले लुम्बिनीको विकास जिल्लाको क्षेत्र नम्बर २ संगसंगै गनुपर्ने समेत बताएका छन् ।
मतदाताहरुलाई धन्यावाद ज्ञापन गर्न जिल्लाको क्षेत्र नम्बर २ को ८ वटा गाविस र एउटा नगरपालिका वार्डहरुका हरेक मतादाताहरुको घरघरमा पुगिरहेका बोहराले जनताले स्थानिय विकास र संविधानलाई संगसंगै जोडेर काम गर्न माग गरेको जनाउदै आफु जनताको भावना अनुसार काम गर्न प्रतिबद्ध समेत रहेको जनाएका थिए । उनले २०१७ सम्म गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तर बनाउने र सुविधायुक्त होटल पर्यटकीय अवधाराणा अनुसार क्षेत्रको विकास, बाटो घाटो पनि निर्माण गर्ने एवं भैरहवालाई शैक्षिक हब बनाउन पनि प्रयास गर्ने जनाएका थिए ।
पत्रकारहरुको जिज्ञासको जवाफ जिदै बोहराले आफ्नो पार्टि राप्रपाले धर्म निरपक्षेको एजेन्डामा कहिल्यै स्वीकारोक्ति नजानाएको जनाउदै संविधानसभा भन्दा बाहिर बसेर कसैले आन्दोलन गर्छ भने त्यो निरर्थक हुने समेत दाबी गरेका छन् ।
प्रतिक्रिया