काठमाडौं, १३ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल छोरी भेट्न भन्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
दाहाल आज (बिहीबार) विहान दश बजेको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । नयाँ दिल्लीस्थित फोटिर्स अस्पतालमा उपचार गराई रहेकी छोरी ज्ञानु दाहालसँग भेट गर्ने कार्यक्रम रहेको दाहालले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै अध्यक्ष दाहालले दिल्ली भ्रमण नितान्त निजी भएको बताए ।
‘दिल्ली भ्रमण नितान्त निजी भ्रमण हो,’ उनले भने, ‘भारत बसाईका क्रममा कुनै राजनीतिक भेटघाट हुँने छैन ।’
एमाओवादी अध्यक्ष दाहाल भोलि शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
यद्यपि, स्रोतका अनुसार अध्यक्ष दाहालले संविधानसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा भारतीय संस्थापन पक्षसँग अनौपचारिक कुराकानी गर्ने छन् ।
प्रतिक्रिया