‘०४७ को संविधान ब्युँताउन निर्वाचन’

भक्तपुर, १३ मंसिर । नेकपा माओवादीका सविच देव गुरुङले २०४७ सालको संविधान ब्यूँताउन र देश प्रतिगमनको दिशातर्फ धकेल्न निर्वाचन गरिएको दावी गरेका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा दुनियाँलाई नाटक देखाउन संविधानसभाको निर्वाचन गरिएको बताएका छन् । उनले यो निर्वाचनले गर्दा सहमतिमा थप जटिलता उत्पन्न गराएको र यथास्थिमा सहमति नहुने भन्दै थपे, ‘अहिलको प्रक्रियालाई थाँती राखेर सहमति गरेर सहमतिको वातावरण अगाडि बढाउनु पर्छ ।’
शान्ति सम्झौताअनुसार जानुपर्छ, नयाँ सम्झौता नगर्ने हो भने अर्थ छैन एकले अर्कोलाई निषेध गरेर जाँदा मुलुक झन् जटिलतामा फसेको हो दाबी गरे । जनताको जनादेशको आधारमै सिक्किम भारतमा विलय भएको इतिहास ताजा रहेको आरोप लगाउँदै नेपालको अवस्था त्यस्तै रहेको उनले बताए । सबै निर्णय र योजना विदेशीले बनाइदिएको बताउँदै नेताहरूले आफ्नो अधिकार प्रयोग नगरि विदेशीको हातमा सुम्पिदा फेरि पनि संविधान नबन्नेमा आशंका व्यक्त गरेका छन् ।
गुरुङले गत हप्ता समपन्न निर्वाचनको मोडेलर २५ बुँदे सहमति,विदेशीको डिजाइन भएको आरोप लगाएका छन् । मुख्य दलले २६ सिट दिएर मोर्चा संंविधानसभामा जाने कुरा असम्भव भएको बताए ।

प्रतिक्रिया