सहमतिमा संविधान बनाउने प्रतिबद्धता माग

Dev-Gurungकाठमाडौं, १२ मंसिर । नेकपा–माओवादीका सचिव देव गुरुङले संविधानसभा निर्वाचनमा जित्ने ठूला दलले सहमतिमा नयाँ संविधान बनाउने प्रतिवद्धता जनाउनु पर्ने बताएका छन् ।

भक्तपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा गुरुङले दलहरुका बीच सहमति भए आफूहरु पनि संविधानसभामा जान सक्ने बताए । ‘सहमति हुन्छ भने हामी पनि संविधानसभामा जान तयार छौं,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनता प्राप्त र उपलब्धिलाई रक्षा गर्नेगरी नयाँ शिराबाट सहमति गरौं ।’

यथास्थितिमा परिवर्तन गर्दै नयाँ शिराबाट सहमतिको निकास प्रमुख दलले दिनुपर्ने उनको भनाई छ । ‘सहमति पद प्रतिष्ठा र पैसासँग नभइ सैद्धान्तिक राजनीतिक र राष्ट्रिय मुद्दामा हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया