चुनाव सकिएपछि विद्यालय खुले

Schoolssबाजुरा १२, मंसिर । संविधान सभाको निर्वाचन सकिए पछि जिल्लाका सम्पूर्ण सरकारी तथा गैर सरकारी विद्यालयहरु सञ्चालनमा आएका छन् । विद्यालयमा काम गर्ने सम्पूण कर्मचारी चुनावमा व्यस्त भएकाले विद्यालय वन्द गरिएका थियो । दशै विदापछि नियमित सञ्चालन हुन नसकेका विद्यालय संविधान सभाको निर्वाचन सम्पन्न भएलगत्तै सञ्चालनमा आएका हुन् । विद्यालय र तिहारका लागि बन्द भएपछि एक महिना ढिला गरी सञ्चालनमा आएका हुन् ।

शिक्षक र विद्यार्थी आस्थावान दलको चुनावी प्रचारका लागि गाउ गाउ गएपछि विद्यालयहरु बन्द भएका थिए । सरकारी विद्यालयका शिक्षकहरु दलको प्रचारमै व्यस्त देखिदा पनि विद्यालय ढिला गरी सञ्चलनमा आएको अभिभावकले बताउने गरेका छन् । लगातार तीन महिनासम्म विद्यालय बन्द भएपछि विद्यार्थीको पठन पाठनमा समस्या आएको थियो । दशैका पाच दिन बाहेक सुचारु हुने निजि विद्यालय पनि नियमित सुचारु हुन सकेका छैनन् । विद्यालयहरु मंगलबार नियमित सुचारु भएको खबर प्राप्त भएको छ । विद्यालयका शिक्षक र विद्यार्थी तथा बालबालिकालाई दलको चुनावी प्रचार गर्न नमिल्ने आचार संहिता भएपनि यसमा सम्बन्धीत निकाय नै मौन देखिएको छ । सबै जसो दलको प्रचारमा बालबालिका र शिक्षक नै बढी प्रयोग भएका थिए ।
साथै संविधान सभा निर्वाचनमा राजनीतिक दलहरुले बालबालिकाको प्रयोग गरिएको पाइएको छ । निर्वाचनमा बाल अधिकार अनुगमन समितिले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा निर्वाचन अवधिभर नारा जुलुस, लगाउने देखि नाच गानसम्म बालबालिकाको नै प्रयोग गरिएको देखिएको छ । नेपाली काग्रेस, नेकपा एमाले र एमाओवादी लगायतका ठुलादलहरुले नै आचारसंहिता विपरित बालबालिकालाई प्रयोग गरेको समितिका संयोजक एवं बाल अधिकार अधिकृत सर्पलाल
गिरीले बताए ।
त्यसैगरी बालबालिकालाइै झण्डा बोकाएको, प्रचारमा परिचालन गरिएको र पोष्टर टाँस्नमा पनि प्रयोग गरिएको थियो । आचार संहिता विपरित सबै दलले बाल अधिकारको हनन गर्दै बालबालिको प्रयोग गरिएको समितिले निष्कर्ष निकालेको छ । अनुगमन समितिका पदाधिकारीहरुको बैठकमा बाल अधिकार हननका घटनाको समिक्षा सहित सम्बन्धीत निकायमा पठाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया