काठमाडौ, १२ मंसिर । निर्वाचन अगाडि अज्ञात समूहले प्रहार गरेको पेट्रोल बम लागेर घाइते भएका एक सर्वसाधरणको मंगलबार मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको मकवानपुर वसामाडी गाविस २ तिनताप्केमा कात्तिक २८ मा गुडिरहेको बसमा पेट्रोल बम प्रहार हुँदा घाइते भएका बारा कलैया ७ का १७
वर्षीय राकेश यादव मृत्यु भएको हो ।
राजधानीस्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मंगलबार मध्यान्ह मृत्यु भएको प्रहरीले जनाएको छ । यस वर्षको संविधान सभाको निर्वाचनमा उनी सहित तीन जनाको मृत्यु भएको छ । अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट यादव, बाराको निजगढ ७ का ट्रक चालक राजु देउजा क्षेत्रीको मृत्यु भएको छ ।
त्यस्तै बारा क्षेत्र नम्बर ४ का एमालेका तत्कालिन उम्मेदवार मोहमुद आलमको पूर्व सभासद रामचन्द्र कुशवाहा प्यासीको योजना अनुसार हत्या भएको थियो ।
प्रतिक्रिया