काठमाडौं, ११ मंसिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि रसियन राजदुत डा. सर्जेइ भासिलिभिक भेलिच्किन बीच भेटवार्ता भएको छ । बरिष्ठ नेता नेपालको कोटेश्वर स्थीत निवासमा सोमबार विहान भएको भेटमा रसियन राजदुतले दुइ ओटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएकोमा पूर्व प्रधानमन्त्री नेपाललाई बधाई दिए ।
राजदूत भेलिच्किनले नयाँ संविधानसभाले छिट्टै नयाँ संविधानको निर्माण्ँ गरी नेपाल आथिर्क विकासको चरण्ँमा प्रवेश गरोस् भन्ने रसियाको चाहना रहेको र यसलाई सघाउन रसिया तयार रहेको कुरा उल्लेख गरे । पूर्वप्रधानमन्त्री नेपालले संविधानसभा निर्वाचन सम्पन्न गर्न रसिया लगायतका अन्तर्राष्ट्िरय समुदायको सद्भाव प्रति धन्यावाद व्यक्त गर्दै आगामी दिनमा पनि सद्भाव एवम् सहयोगको अपेक्षा रहेको बताए ।
उनले नेपालका राजनीतिक दलहरुले पारस्परिक समझदारी निर्माण्ँ गरी ऐतिहासिक उपलब्धीहरु हासिल गरेको र त्यसलाई संस्थागत गर्ने कार्य पनि समझदारीकै आधारमा अघि बढ्ने बताए । नेता नेपालले नयाँ संविधानसभाले सहमति एवम् समझदारीका आधारमा नै संविधान जारी गर्ने विश्वास व्यक्त गरे ।
सोमबारै विहान ११ बजे देखि १२ बजेसम्म नेता नेपाल र युरोपियन युनियनका राजदुतहरुको संयुक्त प्रतिनिधि मण्डल विच पनि भेटवार्ता भयो । सो भेट पनि संविधानसभाको दोश्रो निर्वाचन पछि नेपालले अवलम्बन गर्ने राजनीतिक बाटो, नेपालका राजनीतिक दलहरुबीचको समझदारी निर्माण्ँ, संविधान निर्माण्ँ एवम् नेपाल र युरोपियन युनियनका राष्ट्रहरुबीचको पारस्परिक सम्बन्धका विषयमा केन्द्रित रहेको बताइएको छ ।
सो अवसरमा बरिष्ठ नेता नेपालले दलहरुबीच भैरहेको सहमति प्रयासका बारेमा युरोपियन युनियनका राजदुतहरुलाई जानकारी गराएका थिए । युरोपियन युनियनको प्रतिनिधि मण्डलमा बेलायती राजदूत एण्ड्री स्पार्कस, डेनमार्कका राजदुत क्रिस्टिन गीलान, जर्मन राजदूत फ्रेन्क मिके, नर्वेजियन मिनिष्टर काउन्सिलर तथा डेपुटी हेड अफ द मिसन हकन अराल्ड गुल्बरड्सेन लगायत थिए ।
प्रतिक्रिया