अन्तरघात गर्ने पूर्ववन राज्यमन्त्री कारबाहीमा

खोटाङ, १० मंसिर । संविधानसभाको दोश्रो निर्वाचनमा अन्र्तघार्त गरेको भन्दै नेपाली कांग्रेस खोटाङले आफ्नो पार्टीका २० जना नेता कार्यकर्ताहरुलाई कार्यवाही गरि निष्कासन गरेको छ । पार्टीको उम्मेदवारहरुलाई हराउन अन्र्तघात गरेको भन्दै काग्रेस खोटाङले पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेतसहित झण्डै दुई दर्जन नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो । पार्टीको जिम्मेवार नेता तथा कार्यकर्ताहरुले अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । पार्टीले आफ्नो पक्षका व्यक्तिलाई टिकट नदिएको भन्दै पार्टीभित्रै बसेर संविधानसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विष्णुराज राई लगायतका नेता कार्यकर्ताहरु कार्यवाहीमा परेका हुन ।

पार्टीको अनुशासन तथा संगठन विभागको संयुक्त बैठक बसेर पूर्ववन राज्यमन्त्री तथा महासमिति सदस्य शिवकुमार बस्नेत, पूर्व राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्यहरु सुवासकुमार पोखरेल, महेन्द्र कटवाल, जनककुमार कार्की, शान्तिदेवी राई, जिल्ला कोषाध्यक्ष देवी राई,, क्षेत्र नम्बर–१ का क्षेत्रीय सचिव श्यामकुमार राईलाई कारबाही गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । यस्तै, नेपाली कांग्रेसका जिल्ला तथा क्षेत्रिय स्तरिय कार्यकर्ताहरु आरपी आचार्य, खेमबहादुर खड्का, राजन दाहाल, मुक्ती तिम्सिना, पेशलकुमार राई, जसराज किराती, शरणकुमार राई, देवेन्द्र बस्नेत, देवराज बस्नेत, देउकुमार राई ‘दिनेश’ र निरेश राईलाई पनि कारबाही गरिएको अनुशासन विभाग प्रमुख नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस जिल्ला समतिको अनुशासन तथा संगठन विभागले कारबाहीका लागि सिफारिस गरेको नामावलीलाई आवश्यक कार्यबाहीको लागि पार्टी केन्द्रीय समितिमा सिफारिस गरिएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिए । विभागले कारबाही का लागि शिफारिस गरेको नेता तथा कार्यकर्ताको नामावली जिल्ला कार्यसमितिको आपतकालिन बैठक बसेर कार्यवाहीका लागि तत्काल केन्द्रीय समितिमा पठाइएको सभापति राईको भनाइ छ । सभापति राई भन्छन ‘आफूहरुको विरुद्ध जिम्मेवार नेताहरुले अन्य पार्टी साग मिलेर हामीलाई हराए, यो हाम्रो मात्र नभइ पार्टीको हार भएकाले उक्त विभागले उनीहरुलाई कारबाही गरेको हो ।’ उनले थपे, ‘उनीहरुको यस्ता कृयाकलापले गर्दा जनताले आफूहरुलाई मत दिने नैसर्गिक अधिकारको समेत हनन् भएको छ ।’
केन्द्रीय समितिले क्षेत्र नम्बर–१ मा महासमिति सदस्य नरेशकुमार श्रेष्ठ र जिल्ला सभापति विष्णुमार राईलाई क्षेत्र नम्बर–२ मा मंसिर–४ मा भएको संविधानसभाको दोश्रो निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाएपछि पार्टीभित्र विवाद बढेको थियो । पार्टी भित्र भएको अन्र्तघातका कारण नरेशकुमार श्रेष्ठ र विष्णुकुमार राई यस पल्टको संविधानसभाको निर्वाचनमा पराजित भएका छन् ।

प्रतिक्रिया