काठमाडौं, १० मंसिर । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ १ सय ५ सीट जित्दै नेपाली काँग्रेस अग्र स्थानमा रहन सफल भएको छ । समानुपातिक तर्फको मतगणना जारी छ । प्रत्यक्ष तर्फ १ सय ५ सीट जितेको नेपाली काँग्रेसमा धेरै अनुहार पुराना छन् ।
चार दर्जन भन्दा बढी सभासद पुराना अनुहारका छन् । पहिलो पटक जनतामाझ परिचित बनेका ४४ जना मात्रै काँग्रेसबाट निर्वाचित भएका छन् । २०४८ यता लगातार उम्मेदवार बन्दै आएका सुशील कोइराला, शेरबहादुर देउवा, कृषणप्रसाद सिटौला, बलबहादुर केसी, अर्जुननरसिंह केसी, रामशरण महत, प्रकाशमान सिंह , बालकृषण खाँण , पूर्णबहादुर खड्का लगायतका नेता यस पटक संविधानसभामा विजयी भएका छन् ।
२०५१ देखि लगातार टिकट पाएका विमलेन्द्र निधि, चन्द्र महर्जन, हृदयराम थामी र एनपी सावद यसपटक पनि विजयी भएका छन् । ०५६ देखि लगातार उम्मेदवार बनेका महेश आचार्य, नारायण खड्का, मोहनबहादुर बस्नेत, अर्जुन जोशी, र भीषम आङदम्ब लगायतका नेता यस पटक पनि जनताको प्यारो बनेका छन् । अघिल्लो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित १५ नेता यसपटक पुन: विजयी भएका छन्। यस अघिको संविधानसभामा पनि प्रतिनिधित्व गरिसकेका नरहरि आचार्य, नवीन्द्रराज जोशी, सशांक कोइराला, केशव बुढाथोकी, शेखर कोइराला, ध्यानगोविन्द रन्जित र रामकृषण यादव यसपटक पनि विजयी भए । वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि, रामशरण महत, नारायण खड्का, बालकृष्ण खाँड र अर्जुन जोसीले पनि जित दोहोर्याएका छन् । यस अघिको संविधानसभामा काँग्रेसले प्रत्यक्ष तर्फ ३७ सिट जितेको थियो ।
त्यतिबेला देउवा दुई क्षेत्रबाट विजयी भएका थिए। त्यस्तै, ०६४ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेर जितको माला पहिरिहन नपाएका सुधीर सिवाकोटी, अमृत अर्याल, डिकबहादुर लिम्बू, सीतादेवी यादव, आङटावा शेर्पा, अमरेशकुमार सिंह, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, राजेन्द्रबहादुर केसी, उदयशमशेर राणा, इन्द्र बानियाँ, यज्ञबहादुर थापा, चन्द्र भण्डारी, हरिप्रसाद नेपाल, देवकरण कलवार, अब्दुल रजाक, दीपक गिरी, वीरबहादुर बलायर र दीर्घराज भाट यसपटक विजयी भए । तर काँग्रेसका केही प्रभावशाली र विगतमा समेत जीत हासिल गरिरहेका केही नेता भने यस पटक पराजित भएका छन् । केन्द्रिय सदस्य दिपकुमार उपाध्याय, रामकृष्ण ताम्राकार, दिलेन्द्रप्रसाद बडु, आमोद प्रसाद उपाध्याय, पुष्पा भुषाल, अजय चौरसिया, पुष्पा भुसाल, महम्मद अफताब आलम, डिल्लीराज रेग्मी ,उमाकान्त चौधरी र देवेन्द्रराज कँडेल लगायतका नेता यस पटक पराजित भए ।
प्रतिक्रिया