चितवन, ९ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले ठूलो दल र बढी मत ल्याउँदैमा कसैले घमण्ड गर्ने अवस्था नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले आज (आइतबार) नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सबै राजनीतिक दलको सहमतिमा सरकार बनाउनु पर्ने बताए । उनले नयाँ संविधानका लागि पनि सहमति र सहकार्य आवश्यक रहेको बताए ।
‘बढी मत आयो भन्दैमा घमण्ड गर्ने ठाउँ छैन,’ उनले भने, ‘सबै नमिले संविधान बन्दैन ।’ उनले एक बर्ष भित्र नयाँ संविधान जारी गर्नै पर्ने दोहर्याए ।
कोइरालाले एमाओवादी, नेकपा–माओवादीका अध्यक्षहरु जिम्मेवार नेता भएको भन्दै सहमतीय संयुक्त सरकारमा सहभागी हुन आग्रह गरे ।
एमाओवादी संविधानसभामा आउने उनले बताए । ‘एमाओवादी पनि संविधानसभामा सहभागी हुन्छ,’ उनले भने, ‘संविधानसभाको निर्वाचनको माग एमाओवादीकै हो ।’
प्रतिक्रिया