खोटाङ, ९–मंसिर । खोटाङमा संघीय समाजवादीका नेता कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । संविधानसभाको दोश्रो निर्वाचनको समानुपातिक तर्फको मत गणनामा आफ्नो पार्टी प्रतिनिधि र समानुपातिक उम्मेदवारलाई मतगणनास्थलमा प्रवेश नगराएको भन्दै विरोध गरेपछि शनिबार दिउासो दोहोरो झडप भएको हो ।
झडपमा संघीय समाजवादी पार्टीका समानुपातिक उम्मेदवारद्धय नैनबहादुर कटवाल र समिता राई, जिल्ला अध्यक्ष सूर्यबहादुर राई, जिल्ला सचिवालय सदस्य तथा अग्रगामी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष निर्मल राई, क्षेत्र नम्बर–१ का क्षेत्रीय अध्यक्ष सुवास राईलगायत दर्जनबढी कार्यकर्ता माथी हातपात गरी घाईते बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । जिल्लमा समानुपातिक तर्फको मतगणना गर्ने सर्वदलिय बैठक बसी दिउसो १.३० बजे देखी गणना गर्ने सूचना टाास भईसकेको अवस्थामा आफ्नो पार्टीको तर्फबाट प्रतिनिधी पठाईसकिएको अवस्थामा समेत २.३० बजे सम्म प्रतिनिधी प्रवेश अनुमति पत्र नदिएपछि यस्तो अवस्था उत्पन्न भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘हामीले हाम्रो अनुपस्थितीमा मत गणना नगर्न अनुरोध गरिरहेको अवस्थामा एक्कासी लाठी चार्ज भयो ’ संघिय समाजवादीका अध्यक्ष सूर्यबहादुर राई जानकारी दिए ।
निर्वाचन मतदान प्रक्रिया सम्म शान्तिपुर्ण वातावरणमा सम्पन्न भएपनि यसपछिका प्रत्येक गतिविधी संकास्पद रहेको उनिहरुको आरोप छ । विभिन्न नौ बुादामा प्रमाणहरु पेश गर्दै संघिय समाजवादीले आफ्नो नेता कार्यकर्ता माथी यस्तो हर्कत गर्नेहरुमाथी कार्यवाही गर्न माग समेत गरेको छ । विज्ञप्तीमा यसरी गरिएको निर्वाचनको मतगणना र यस्को परिणामलाई आफ्नो पार्टीले नस्विकार्ने भन्दै मतगणना बहिस्कार गर्ने घोषणा समेत गरेको उल्लेख छ । तर यता जिल्लामा समानुपातिक तर्फको मतगणना भने सुचारु भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख इस्वरी प्रसाद गौतमले जानकारी दिए ।
प्रतिक्रिया