सुपमा पनि कांग्रेस एमाले हाबी

धनगढी, ९ मंसिर । सुदूरपश्चिमका ९ वटा जिल्लाका २१ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फ (पहिलो हुने) को मतगणना कार्य सम्पन्न भएको छ । बिगत चार दिनदेखि जारी मतगणना शनिबार साझ सम्पन्न भएको हो ।

प्राप्त मतपरिणाम अनुसार एमाले र कांग्रेसले समान ९/९ सीट, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले २ सीट र एमाओवादीले १ सीटमा विजयी भएको छ ।
२०६४ को संविधानसभाको निर्वाचनमा यहाका २१ वटा निर्वाचन मध्ये १६ वटा क्षेत्रमा विजयी भएको एमाओवादीले कैलालीको क्षेत्र नंम्वर ४ मा मात्र विजयी भएर १ सीटमा खुम्चिनु परेको छ ।
एमालेले बझाङ र अछाम, बाजुरा र दार्चुला तथा कैलालीको २, डोटीको २ र बैतडीको क्षेत्र नंम्वर १ मा विजयी हासिल गरेको छ भने काग्रेसले कञ्चनपुर र डडेल्धुरा तथा कैलालीको ५ र ६, डोटीको १ र बैतडीको क्षेत्र नंम्वर २ मा विजयी भएको छ । यस्तै, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले कैलालीको क्षेत्र नंम्वर १ र ३ मा विजयी हासिल गरेको छ ।
सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेपाली कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा र कैलाली क्षेत्र नंम्वर ६ बाट, एमाले नेता तथा पूर्वगृहमन्त्री भीम रावल अछाम १ बाट विजयी भएका छन् भने दार्चुलामा नेपाली कांग्रेसका प्रबक्ता दिलेन्द्र बडु एमालेका गणेश ठगुन्नासाग र कैलाली क्षेत्र नंम्वर ५ मा एमाओवादी नेता लेखराज भट्ट कांग्रेसका दीर्घराज भाटसाग पराजित भएका छन् ।
कैलालीमा मिश्रित
कैलालीमा कांग्रेसले २ क्षेत्रमा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले २ क्षेत्रमा, एमाले र एमाओवादीले १/१ क्षेत्रमा विजयी हासिल गरेको छ ।
प्राप्त मतपरिणाम अनुसार मधेशी जनअधिकार फोरम लोकतान्त्रिक क्षेत्र नंम्वर १ र ३ मा, एमाले क्षेत्र नंम्वर २ तथा एमाओवादी क्षेत्र नंम्वर ४ मा र कांग्रेसले क्षेत्र नंम्वर ५ र ६ मा विजयी भएको हो ।
२०६४ मा भएको संविधानसभा निर्वाचनमा ६ वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको एमाओवादीले यसपटक भने एक सीटमा चित्त बुझाउनुपरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीका अनुसार क्षेत्र नंम्वर एकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरीले ११ हजार २९४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व काग्रेसका डा. रणबहादुर रावलले ९ हजार १४० मत ल्याएका छन् । त्यस्तै एमालेका प्रेम साउादले ६ हजार ६७७ मत र एमाओवादीका फूलराम डगौरा थारुले ४ हजार ६५० मत प्राप्त गरेका छन् ।
क्षेत्र नंम्वर ३ मा पनि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीले ११ हजार २७ मत ल्याइ विजयी भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायणदत्त मिश्रले ९ हजार ७४८ मत ल्याएका छन् भने थरुहट congressतराइ पार्टीका भानुराम चौधरीले ७ हजार ९७० मत ल्याएका छन् ।
क्षेत्र नंम्वर २ मा एमालेका मोहनसिंह राठौरले ११ हजार ९३२ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका कमल शाहले ८ हजार ३९५ मत ल्याएका छन् भने एमाओवादीका भीमबहादुर कडायतले ५ हजार ५ हजार ८४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, क्षेत्र नंम्वर ४ मा एमाओवादीका गौरीशंकर चौधरीले ११ हजार ९६७ मत ल्याइ विजयी भए । चौधरीका निकटतम प्रतिद्वन्द्व काग्रेसका खेम चौधरीले ८ हजार ०९ मत ल्याएका छन् भने एमालेका दीर्घ सोडारीले ६ हजार ७५६ मत प्राप्त गरेका छन् ।
क्षेत्र नंम्वर ५ मा कांग्रेसका दीर्घराज भाटले एमाओवादी नेता लेखराज भट्टलाई पराजय गरी विजयी हासिल गरेका छन् । भाटले १६ हजार ३४६ मत र भट्टले ९ हजार ३३४ मत ल्याएका छन् ।
यसैगरी क्षेत्र नंम्वर ६ मा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले १६ हजार ४८९ मत ल्याइ विजयी भएका छन् । देउवाका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ८ हजार ५६३ मत ल्याएका छन् भने एमाओवादीकी लीला भण्डारीले ४ हजार ७६४ मत प्राप्त गरेकी छन् । देउवा डडेल्धुराबाट पनि विजयी भएका छन् ।
बझाङ, अछाम, बाजुरा र दार्चुलामा एमाले
बझाङमा एमाले विजयी हासिल गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा क्षेत्र नंम्वर १ बाट एमालेका मानप्रसाद खत्रीले ११ हजार ५ सय ३० मत ल्याइ विजयी भएका हुन् । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस अर्जुनजंगबहादुर सिंह १० हजार ७ सय ८ मत ल्याएका छन् भने एमाओवादी ७ हजार ३ सय ५० मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नंम्वर २ मा पनि एमालेका लालबहादुर रावलले १० हजार ५ सय ९४ मत ल्याइ विजयी भएका छन् । रावलका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका नरेशबहादुर सिंहले १० हजार ५ सय ९४ मत ल्याएका छन् भने एमाओवादीका हरि कुवरले ५ हजार ९ र स्वतन्त्र उम्मेदवार सत्यराज भण्डारीले ३ हजार ५ सय ३० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार भण्डारी कांग्रेसका बागी उम्मेदवार हुन् ।
उता, अछामका दुबै दुबै क्षेत्रमा एमाले विजयी भएको छ । क्षेत्र नंम्वर १ मा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले १७ हजार ७२५ मत ल्याएर विजयी भएका छन् । रावलका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मेघराज खड्काले १२ हजार ९६८ मत र एमाओवादीका दीपक साउदले १० हजार ९६७ ल्याएका छन् ।
त्यस्तै, क्षेत्र नंम्वर २ मा एमालेकै भरत साउद १६ हजार ६५४ मत ल्याएर विजयी भएका छन् । साउदका निकटतम प्रतिद्वन्द्वी काग्रेसका बलबहादुर कुावरले १५ हजार ४९० मत ल्याएका छन् भने एमाओवादीका झंकर रावलले ४ हजार ९० मत ल्याएका छन् ।
एक मात्र क्षेत्र रहेको दार्चुलामा कांग्रेस प्रबक्ता दिलेन्द्र बडु एमालेका गणेश ठगुन्नासाग पराजित भएका छन् । ठगुन्नाले २० हजार ४७० मत ल्याएर विजयी भए भने बडुले १९ हजार २३६ मतमा चित्त बुझाउनुपऱ्यो । दार्चुलामा एमाओवादीका ललितसिंह ठगुन्नाले ९ हजार १७ मत प्राप्त गरेका छन् । यसैगरी, बाजुरामा एमालेका कर्णबहादुर थापा विजयी भएका छन् ।
कञ्चनपुर, डडेल्धुरामा कांग्रेस
चार वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर १ वटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए ।
प्राप्त मतगणनाको परिणाम अनुसार क्षेत्र नंम्वर १ मा कांग्रेसका देवानसिंह विष्टले ९ हजार ६६४ मत ल्याएका छन् भने विष्टका प्रतिद्वन्द्वी एमाओवादीकी विना मगरले ८ हजार ९१० मत तथा एमालेका लालबहादुर विकले ८ हजार ७१५ मत ल्याएका छन् ।
यस्तै, क्षेत्र नम्बर २ मा काग्रेसका एनपी साउदले १३ हजार ४०० मत ल्याएर विजयी भएका छन् । साउदका निकटतम प्रतिद्वन्द्वी एमालेका तारालामा तामाङले ९ हजार ६७६ मत ल्याएका छन् भने एमाओवादीका अमिन दहितले ८ हजार २९४ मत ल्याएका छन् ।
क्षेत्र नंम्वर ३ मा काग्रेसका बहादुरसिंह थापाले एमालेका नरबहादुर धामीलाई पराजित गरेका छन् । थापाले १२ हजार ८३६ र धामीले ९ हजार ६४३ मत ल्याएका छन् । यस्तै एमाओवादीका टेकेन्द्र भट्टले ६ हजार ३०० मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नंम्वर ४ मा पनि काग्रेसकै रमेश लेखकले १४ हजार २ सय २३ मत प्राप्त गरेर विजयी भएका छन् । लेखकका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका मोहन गिरीले ५ हजार ४ सय ३७ मत ल्याएका छन् भने राप्रपाका धर्मराज जोशीले ४ हजार ९ सय ३९ मत र एमालेका उर्बादत्त पन्तले ४ हजार ५ सय २५ प्राप्त गरेका छन् ।
त्यस्तै, डडेल्धुरामा कांग्रेसका वरिष्ट नेता शेरबहादुर देउवाले २३ हजार ९२० मत ल्याइ विजयी भएका छन् । देउवाका प्रतिद्वन्द्वी एमाओवादीका खगराज भट्टले १२ हजार ४८३ मत ल्याए भने एमालेका डा. तारा जोशीले ७ हजार १८९ मत ल्याएका छन् ।
बैतडी र डोटीमा एमाले र कांग्रेस
उता, दुई क्षेत्र रहेको पहाडी जिल्ला बैतडीमा एमाले र कांग्रेस उम्मेदवार विजयी भएका छन् । यहााका दुईटै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रेका राप्रपाका नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने दुईटैमा पराजित भएका छन् ।
क्षेत्र नंम्वर १ मा एमालेका दामोदर भण्डारीले ११ हजार ६७२ मत ल्याइ विजयी हासिल गरेका छन् । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लोकराज अवस्थीले १० हजार ६८० मत ल्याएका छन् भने एमाओवादीका नरेन्द्र कुावरले ८ हजार २९८ मत प्राप्त गरेका छन् । राप्रपाका नेता चन्दले ३ हजार ७८४ मत ल्याएका छन् ।
क्षेत्र नंम्वर २ मा काग्रेसका नरबहादुर चन्दले एमालेका महादेव भट्टलाई पराजित गरेका छन् । चन्दले १२ हजार ८६६ मत र भट्टले ६ हजार ४४७ मत प्राप्त गरेका छन् भने एमाओवादीकी रेणु चन्दले ५ हजार ३०७ मत प्राप्त गरिन् ।
त्यसैगरी दुई वटा निर्वाचन क्षेत्र रहेको डोटीमा एमाले र कांग्रेस विजयी भएका छन् । क्षेत्र नंम्वर १ मा नेपाली कांग्रेसका बिरबहादुर बलायर र क्षेत्र नंम्वर २ मा एमालेका प्रेम आले वियजी भएका हुन् ।
काग्रेसका बलायरले १६ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारद मलासीले ८ हजार २ सय ४७ मत र एमालेका मोहन बमले ४ हजार ७ सय ५७ प्राप्त गरेका छन् ।
क्षेत्र नंम्वर २ मा एमालेका आलेले १२ हजार ४ सय मत ल्याइ विजयी भएका छन् । आलेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र शाहीले १० हजार ९ सय १४ मत प्राप्त गरेका छन् भने एमाओवादीका त्रिलोचन भट्टले ५ हजार ३ सय ४ मत ल्याएका छन् ।

प्रतिक्रिया