काँग्रेसको १ सय ३ सीट पुग्यो

Nepali Congressधनुषा, ९ मंसिर । धनुषा ३ बाट बिमलेन्द्र निधि विजयी भएसँगै नेपाली कांग्रेसले संबिधानसभामा जितेको सिटको संख्या एक सय एक पुगेको छ । देशभर संविधानसभाको मतगणना अन्तिम चरणमा आइपुग्दा कांग्रेको अग्रता कायमै छ । यस अघिको संविधानसभाको निर्वाचनमा तेश्रो शक्तिका रुपमा रहेको नेकपा एमालेले अहिलेसम्म ९० स्थानमा जित दर्ता गराईसकेको छ ।

थप केही स्थानमा एमालेको अग्रता कायम छ । पछिल्लो पटक प्राप्त नतिजा अनुसार कालिकोट क्षेत्र नम्वर १ बाट एमाओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । यो जीत सगै एमाओवादीको २५ सिट सुरक्षित भएको छ ।हालसम्मको परिणाम अनुसार तराई मधेश लोकतान्त्रिक पार्टी र विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले ४–४ स्थानमा जित हात पारेका छन् ।
राष्ट्िरय प्रजातन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ । मधेशी जनाधिकार फोरम नेपालले २ सिट जितेको छ । अध्यक्ष उपेन्द्र यादव र अभिषेकप्रताप साहले संबिधानसभामा पार्टोको प्रतिनिधित्व गर्ने पक्का भएको छ । सद्भावना पार्टीले अहिलेसम्म १ सिट मात्र जितेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि भक्तपुर १ बाट विजयी भएका छन् । संबिधानसभामा तराई मधेश सद्भावना पार्टीको तर्फबाट एक जनाको प्रतिनित्व हुनेछ भने कपिलवस्तु २ बाट विजयी अतहर कमलले स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएर संबिधान सभामा उपस्थिती जनाउने छन् ।

प्रतिक्रिया