‘निर्वाचन पुनरावलोकन सम्भव छैन’

चितवन, ९ मंसिर । नेपाली कााग्रेसका सभापति सुशील कोइरालाले मतगणनाको पुनरावलोकन सम्भव नभएको बताएका छन् । चितवनको क्षेत्र नं ४ मा विजयी प्रमाणपत्र बुझेपछि बोल्दै काँग्रेस सभापति कोइरालाले एकीकृत नेकपा माओवादीले आफ्नो निर्णयलाई पुनरावलोकन गर्नु जरुरी भएको बताए ।

स्वदेशी र विदेशी समुदाय शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि संविधान बन्नेमा आशावादी भएको भन्दै सबैको आशालाई एमाओवादीले निराशामा बदल्न नसक्ने धारणा सभापति कोइरालाले राखे । सबै दललाई समेटेर लोकतान्त्रिक संविधान बनाउने कुरामा काँग्रेस कटिबद्ध भएर लाग्ने बताउँदै सभापति कोइरालाले त्यसका लागि काठमाडौ फर्के लगत्तै छलफल थाल्ने उल्लेख गरे । एकीकृत नेकपा माओवादी र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई समेत समेटेर जनमतलाई कदर गर्दै संविधान बनाउनेतर्फ आफू केन्द्रित हुने सभापति कोइरालाको भनाइ थियो । एक वर्षभित्र संविधान बनाएर एक दशकमा नेपालले आर्थिक विकासमा ठूलो फड्को मानुपर्ने भन्दै उनले अब दलहरूबीचमा सहमति हुन नसके देश दुर्घटनातर्फ जाने आशंका ब्यक्त गरे ।

प्रतिक्रिया