काठमाडौं : ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न भएको कुरामा निर्वाचन आयोग विश्वस्त रहेको जनाएको छ । राजनीतिक दलहरूको समेत सहभागितामा तर्जुमा भएका निर्वाचनसम्बन्धी कानून तथा अन्तर्राष्ट्रियरूपमा स्थापित विधि, प्रक्रिया र मापदण्डको उच्चतम परिचालन गरी निर्वाचन व्यवस्थापन गरिएको हुदा यसबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न भएको कुरामा आयोग विश्वस्त रहेको जनाएको हो ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा सो आग्रह गर्दै निर्वाचनको स्वच्छता, निष्पक्षता, र विश्वसनीयतामा अनावश्यक टीका टिप्पणी नगर्न सबैलाई आग्रहसमेत गरेका छन् । उनले मतदानस्थलबाट निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिको रोहवरमा सिलबन्दी गरिएका मतपेटिकाहरूसुरक्षितरूपमा सदरमुकामस्थित मतगणना स्थलमा ल्याइको बताएका छन् । मतगणनास्थलमा समेत सिलबन्दी मतपेटिकाको पुन: जाच गरी मतगणना कार्य अगाडि बढेपछि केही राजनीतिक दलबाट निर्वाचनको निष्पक्षतामा प्रश्न उठाइनु दुखद कुरा हो,’ सम्बोधनका क्रममा प्रमख निर्वाचन आयुक्त उप्रेतीले भनेका हुन् ।
उनले त्यसै विषयलाई लिएर केही सञ्चारमाध्यमबाट भइरहेका भ्रमपूर्ण प्रचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने, ‘यस्तो भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न निर्वाचन आयोग आम मतदाता र सबै सरोकारवालालाई अनुरोध गर्दछ ।’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतदाता हुन मतदाता नामावलीसम्बन्धी ऐन, ०६३ ले तोकेको योग्यता पुगेका सबै नेपाली नागरिकलाई दर्ता प्रक्रियामा समेट्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता दर्ताको कामलाई ०६७ सालदेखि बाह्रै महिना खुला गरी ०७० असार मसान्तसम्म निरन्तरता दिइनुका साथै आममतदाताको पहुचलाई थप विस्तार गर्न घरदैलो, दर्ता केन्द्र र गाउा विकास समिति तथा नगरपालिकाको वडा कार्यालय तहमा पुगी पटकपटक मतदाता दर्ताको कार्य गरिएको बताए ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतदाताको स्पष्ट पहिचानका लागि मतदाता नामावलीमा मतदाताको व्यक्तिगत विवरणका अतिरिक्त रंगीन तस्बिरसमेत राखिएको र आयोगको आफ्नैछापाखानामा छपाइ गरी मतदाता परिचयपत्र वितरण गरिएको उल्लेख गरे । उनले राजनीतिक दललगायतका सरोकारवालाहरूको सहभागितामा निर्वाचन कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिएको, मतदान व्यवस्थापनका लागि आवश्यक पर्ने संवेदनशील सामग्रीहरू जस्तै मतपत्र, मतपेटिका, सुरक्षण सिल, नउड्ने मसी, स्वस्तिक छाप, निर्वाचन निर्देशिका बमोजिमका अनुसूची फारामहरू र मतदान केन्द्रका लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरू यस पटक पनि आधारभूतरूपमा ०६४ सालको संविधानसभा निर्वाचनमा अवलम्बन गरिएकै प्रकृतिको रहेको जानकारी दिए । उनले मतपेटिकालाई मतदान केन्द्रमा प्रयोग गर्नुपूर्व सम्बन्धित मतदान केन्द्रमा नै राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिको रोहवरमा रित्तो मतपेटिका देखाई मतपत्र खसाल्ने प्वाल मात्र खुला राखी सुरक्षण सिल लगाउन बााकी सबै ठाउमा सुरक्षण सिल लगाई मतपेटिका बन्द गरिएको बताए ।
‘ती व्यवस्थाले मतदान सञ्चालन, मतपेटिका संकलन र मतगणना व्यवस्थापन पारदर्शी, सहभागितामूलक, स्वच्छ, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न हुन सकेको कुरामा विश्वस्त हुन आयोग सबैसाग हार्दिक अनुरोध गर्दछ ।’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने । सञ्चारकर्मीको एक प्रश्नमा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले समानुपातिक निर्वाचनको मतगणना सुरु भइसकेको जानकारी दिदै यसको परिणाम पनि एकहप्ताभित्र आइसक्ने जानकारी दिए ।
प्रतिक्रिया