देउवा निरन्तर पाँचौं पटक विजयी

Sher-Bahadur-Deubaधनगढी, ६ मंसिर । कांग्रेसका नेता शेरबहादुर देउवा डडेल्धुराबाट लगातार पाँचौं पटक विजयी भएका छन् ।

२०४६ को जनआन्दोलन पछि त्यस क्षेत्रबाट निरन्तर कांग्रेस उम्मेदवार बनेका देउवा संविधानसभा सदस्यको दोस्रो निर्वाचनमा २३ हजार ९ सय २० मत ल्याई विजयी भएका हुन् ।

पटक–पटक प्रधानमन्त्री भएका देउवा कांग्रेसका शीर्ष शक्तिशाली नेता मध्येमा गनिन्छन् । प्राप्त मतपरिणाम अनुसार देउवा निकटतम प्रतिद्वन्द्वी एमाओवादीका खगराज भट्टले १२ हजार ४ सय ८३ मत प्राप्त गरेका थिए । एमालेका ताराप्रसाद जोशीले ७ हजार १ सय ८९ मत प्राप्त गरेका थिए ।

डडेल्धुराका साथै कैलाली क्षेत्र नम्वर ६ बाट उम्मेदवार रहेका देउवा कैलालीमा जारी मतगणनामा पनि अग्रस्थानमा छन् ।

प्रतिक्रिया