डोटी–१ मा कांग्रेस/२ मा एमाले विजयी

NC n Umlधनगढी, ७ मंसिर । डोटीको क्षेत्र नम्वर १ मा कांग्रेसका वीरबहादुर बलायर र क्षेत्र नम्वर २ मा एमालेका प्रेम आले वियजी भएका छन् ।

कांग्रेसका बलायरले १६ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारद मलासीले ८ हजार २ सय ४७ मत र एमालेका मोहन बमले ४ हजार ७ सय ५७ प्राप्त गरेका छन् । यसअघि यो क्षेत्रमा एमालेका हर्कबहादुर सिंह विजयी भएका थिए ।

क्षेत्र नम्वर २ मा एमालेका आलेले १२ हजार ४ सय मत ल्याइ विजयी भएका छन् । आलेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका योगेन्द्र शाहीले १० हजार ९ सय १४ मत प्राप्त गरेका छन् । एमाओवादीका त्रिलोचन भट्टले ५ हजार ३ सय ४ मत ल्याएका छन् । यसअघि यो क्षेत्रमा एमाओवादीका खेम बम विजयी भएका थिए ।

उता, कञ्चनपुरको क्षेत्र नम्वर ४ मा कांग्रेसका रमेश लेखक वियजी भएका छन् । लेखकले १४ हजार २ सय २३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका मोहन गिरीले ५ हजार ४ सय ३७ मत ल्याएका छन् ।

राप्रपाका धर्मराज जोशीले ४ हजार ९ सय ३९ मत र एमालेका उर्बादत्त पन्तले ४ हजार ५ सय २५ प्राप्त गरेका छन् । यसअघि यो क्षेत्रमा कांग्रेसका शेरबहादुर देउवा विजयी भएको थिए ।

उता, बझाङमा दुई वटा क्षेत्रमा एमाले विजयी भएको छ । क्षेत्र नम्वर १ बाट एमालेका मानप्रसाद खत्री ११ हजार ५ सय ३० मत ल्याई विजयी भएका हुन् ।

खत्रीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस अर्जुनजंगबहादुर सिंह १० हजार ७ सय ८ मत ल्याएका छन् । एमाओवादी ७ हजार ३ सय ५० मत प्राप्त गरेका छन् ।

यसअघि २०६४ सालको निर्वाचनमा पनि यो क्षेत्रबाट एमालेका भानुभक्त जोशीले जितेका थिए ।

यसैगरी क्षेत्र नम्वर २ मा पनि एमालेका लालबहादुर रावलले १० हजार ५ सय ९४ मत ल्याइ विजयी भएका छन् । रावलका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेशबहादुर सिंहले १० हजार ५ सय ९४ मत ल्याएका छन् । एमाओवादीका हरि कुँवरले ५

हजार ९ र स्वतन्त्र उम्मेदवार सत्यराज भण्डारीले ३ हजार ५ सय ३० मत प्राप्त गरेका छन् ।

यसअघि २०६४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाओवादीका शंकर खड्का विजयी भएका थिए ।

प्रतिक्रिया