नेपालगन्ज, ७ मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनताको मताधिकारलाई स्विकार्न नसक्ने चरित्र लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । नेपालगन्जस्थित आफ्नो निवासमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले भने “निर्वाचनमा हारजितलाई धैर्यका साथ सहज रूपमा ग्रहण गर्नुपर्नेमा प्रचण्डजीको जनताको मतधिकारविरुद्धको अभिव्यक्ति र उहााको पार्टीको मतगणना बहिष्कारको निर्णय घोर अलोकतान्त्रिक छ ।”
निर्वाचनमा सहभागी हुनेले म नै जित्नुपर्छ भन्ने दम्भ पाल्न नहुने बताउदै सभापति कोइरालाले लोकतन्त्रको आदर्श, मूल्य, मान्यताविरुद्ध गरिने राजनीतिले मुलुक र जनताको कहिल्यै भलो नगर्ने बताए । ‘ प्रचण्डजीमा धैर्यता हुनुपर्छ, उहाा जस्तो नेताको यस्तो रबैयाले उहाालाई नै कमजोर बनाउछ, उहाको दललाई अलोकप्रिय बनाउछ’ सभापति कोइरालाको थप भनाइ थियो ।
जनताको अभिमतलाई कांग्रेसले हारेको वा जितेको दुवै अवस्थामा शिरोधार्य गरेको छ र गरिरहने छ भन्दै उहाले भन्नुभयो“मलाई विश्वास छ प्रचण्डजीको पार्टीले आफ्नो सो निर्णय सच्याउने छ र जनताको मताधिकारको अपमान गर्ने छैन ।”
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा सभापति कोइरालाले निर्वाचनमा कुनै दलले धेरै र कुनै दलले थोरै स्थान ल्याए पनि सबैको सहमति र सहकार्यवाट संविधान निर्माणको दिशामा अघि बढ्नुपर्छ भन्ने आफ्नो दलको नीति रहेको बताए ।
प्रतिक्रिया