रसुवामा एमालेका ढकाल विजयी

Janardan Dhakalकाठमाडौं, ६ मंसिर । रसुवा जिल्लामा एमालेका उम्मेदवार जर्नादन ढकाल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाओवादीका उम्मेदवार प्रेमबहादुर तामाङलाई पराजित गरेको आयोगद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

ढकालले ६ हजार ६ सय २८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाओवादीका तामाङले ६ हजार १ सय ९२ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार लामा कार्पु तामाङले ४ हजार ९ सय ४८ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । रसुवा जिल्लामा एक मात्रै निर्वाचन क्षेत्र छ ।

प्रतिक्रिया