चाँडै संविधान बन्ने भारतको विश्वास

Indian flagकाठमाडौ, ६ मङ्सिर । नेपालमा अब बन्ने संविधानसभाले जनभावना अनुरूपको नयाँ संविधान बनाउने विश्वास भारतले लिएको छ । अवको संविधानसभाले नेपालमा शान्ति, विकास, समृद्धि एवम् स्थायित्वमा योगदान गर्ने विश्वास पनि भारतले लिएको छ ।

स्वतन्त्र एवम् निष्पक्ष रूपमा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा नेपाली जनता, राजानीतिक दल, सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकायप्रति बधाई ज्ञापन गर्दै भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा मतदाताको उत्साहजनक सहभागितालाई प्रजातान्त्रिक प्रक्रियामाथिको जनविश्वास भनिएको छ । भारतले प्रजातान्त्रिक लक्ष्य र समृद्ध नेपाल निर्माणको जनचाहनाका साथै विकासका कार्यसूची पूरा गर्न नयाँ संविधानले मार्गनिर्देश गर्ने भन्दै निर्वाचनका निम्ति बन्दोबस्तीका सामग्री उपलब्ध गराउन पाएकामा हर्ष प्रकट गरेको छ ।
“नजिकको मित्र र छिमेकीका नाताले नेपाली जनता र सरकारलाई उनीहरूका ऐतिहासिक प्रयत्नहरूमा सधैं सहयोग गर्न भारत तत्पर छ”, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया