७७ निर्वाचन क्षेत्रमा मतगणना जारी

Election Ballat Boxकाठमाडौं, ५ मंसिर । निर्वाचन आयोगले २४ जिल्लामा मतगणना जारी रहेको जनाएको छ । केही दुर्गम जिल्लामा मतपेटिका संकलनको कार्य जारी रहेको पनि आयोगले जनाएको छ ।
आयोगले जारी गरेको तीन बजेको बुलेटिन अनुसार २४ जिल्लाका ७७ निर्वाचन क्षेत्रको मतदानको गणना जारी रहेको छ ।
जारी मतगणना अनुसार कांग्रेस र एमालेबीच अधिकांस क्षेत्रमा कडा प्रतिष्प्रधा भएका छन् । काठमाडौं–१० मा तीन बजे सम्म एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसका राजन केसीलाई पच्छ्याई रहेका छन् ।

काठमाडौं–४ मा कांग्रेसका गगन थापाले प्रतिद्वन्द्वीलाई झण्डै हजार मतको फरकमा पछाडि पारेका छन् । रौतहट–१ मा चौथो स्थानमा रहेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं–२ मा प्रतिद्वन्द्वी भन्दा निक्कै अघि छन् ।

भक्तपुर–२ मा एमालेका महेश बस्नेत प्रतिद्वन्द्वी भन्दा निक्कै अघि छन् । नेमकिपाको बर्चस्व रहेको भक्तपुरमा एमालेका उम्मेदवार बस्नेत अघि देखिएका हुन् ।

गड्यौला अर्थात घुस प्रकरणमा मुछिएकी एमाओवादी नेतृ हिसिला यमी पनि निक्कै पछि छन् । उनले अहिले तेस्रो स्थानमा स्थान बनाई रहेकी छन् ।

बाँकेमा कांग्रेस सभापति सुशील कोइराला राप्रपा नेपालका उम्मेदवार धवल शम्शेर राणालाई पच्छ्याई रहेका छन् । प्रारम्भीक मतगणनाको नतिजना अनुसार कांग्रेसले अधिकांश स्थानमा अग्रता कायम गरेको छ । दोस्रोमा एमाले र तेस्रोमा एमाओवादी तथा मधेसी जनअधिकार फोरम नेपाल देखिएका छन् ।

प्रतिक्रिया