करिनालाई अभिनय बच्चैदेखिको रुचि

karinaमुम्बई : बलिउड अभिनेत्री करिना कपुरले आफू बच्चापन हुदै अभिनेत्री हुने सोच रहेको बताएकी छन् । सानो छादा फिल्म हेर्ने गरेको र त्यतिखेरै अभिनेत्री बन्छु भन्ने लागेको उनले बताइन् ।
‘सानैमा अभिनेत्री बन्छु भन्ने सोचेकी थिए’ करिनाले भन्न्, ‘मेरो सोच र उद्देश्यमा बाबु रणधीर कपुर र आमा बबिताको पनि मलाई समर्थन मिल्यो जसले गर्दा सपना पूरा भयो ।’ उनका अनुसार त्यतिखेर परम्परागत सोचका कारण कपुर परिवारमा महिलाले फिल्ममा काम गर्न पाउनु चानचुने कुरा थिएन । उनले भनिन्, ‘यसमा म आफूलाई भाग्यानी मान्छु । मैले अभिनेत्री बन्नुबाहे केही सोचेकै थिइना । मलाई सानैदेखि अभिनय गर्न मनपराउथे ।’
करिनाले अभिनयमा विवाहले नछेक्ने बताउदै भनिन्, ‘विवाहपछि महिलाहरु ‘शो बिज’ मा काम गर्न किन छाड्छन्, त्यो मैले बुझ्न सकेकी छैन ।’ उनले विवाह र काम दुवै फरक–फरक चिज भएको सुनाउदै भनिन्, ‘सैफसाग विवाहअघि मैले जो–जो अभिनेतासाग काम गरेकी थिए, आज पनि गरिहेकी छु ।’
करिना बलिउड फिल्म उद्योगमा प्रवेश गरेको एक दशक भइसकेको छ । सन् २००० मा प्रदर्शित फिल्म ‘रिफ्युजी’ मार्फतथ करिनाले फिल्मी करिअर सुरुवात गरेकी हुन् । करिना अभिनित पछिल्लो फिल्म ‘गोरी तेरे प्यार’ प्रदर्शनको तयारीमा छ । यस फिल्ममा करिनाको अपोजिट भूमिकामा इमरान खान देखिदैछन् । यो फिल्म २२ नोभेम्बरमा प्रदर्शनमा अउदैछ । (एजेन्सी)

प्रतिक्रिया