एक सय नाघेका वृद्ध वृद्धाद्वारा मतदान

chunab-dhangadhiजनकपुर, ५ मङ्सिर । संविधानसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नं ३ अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट ११० र ११२ वर्षका नागरिकले मतदान गरेका छन् ।

मतदान गर्नेमा जटही–५ स्थायी बसोबास गर्ने ११२ वर्षीय माथवर यादव र ११० वर्ष मनोदेवी यादव रहेको मतदान अधिकृत अङ्केश्वर यादवले बताए ।
त्यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत बेलडाँगी गाविस–१ स्थित सरस्वती माविको मतदान केन्द्र ‘क’ मा १०७ वर्षीय बिर्खबहादुर बस्नेतले मतदान गरे ।
त्यस्रगरी खजुरा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सीतापुर–५ गौघाटका ११२ वर्षीय प्रताप विष्ट र उनकी पत्नी मोतीले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुराँसपुर मतदान केन्द्रमा गई मतदान गरेका थिए ।
यसैगरी मोरङ क्षेत्र नं १ मा १०९ वर्षीय बोधनलाल गन्गाईले डोरिया प्रावि झुर्किया, गुल्मी क्षेत्र नं १ मा रहेको खड्गकोटमा १०० वर्षीया जमुना ढकाल र कपिलवस्तु वाणगङ्गा जनता उमावि केन्द्रमा ११० वर्षका निमाराम घिमिरेले मतदान गरे । यसैगरी हुम्ला मदना गाविस गल्लावाडा घट्टेखोला मतदान केन्द्रमा १०२ वर्षकी जीरा ढकाल र दार्चुलास्थित भूमिराज मावि इयरकोट केन्द्रमा ११० वर्षीया मैनादेवी महतोले मतदान गरेका थिए ।

प्रतिक्रिया