देशभरि पचास प्रतिशत मतदान : आयोग

Matabada-Dhangadi-2070काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन–२०७० का लागि भएको मतदानमा दिउँसो एक बजेसम्म पचास प्रतिशत मतखसेको जनाएको छ ।

आयोगले एकबजे जारी गरेको बुलेटिन अनुसार मुलुक भरि सरदर पचास प्रतिशत मतदान भएको जनाएको हो । मतदान बिहान ७ बजेदेखि सुरु भएको छ ।

आयोगले मतदान देशभर शान्तिपूर्ण र उत्साहजनकरुपमा सञ्चालन भइरहेको पनि दाबी गरेको छ । विभिन्न जिल्लामा भएका बुथ कब्जा र हिंसाका घटना बारेमा आयोगले केही बताएको छैन ।

प्रतिक्रिया