दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र

Mahila-Karmachari-बर्दिया, ४ कात्तिक । बर्दियाको दुई मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिएको छ ।

निर्वाचन क्षेत्र नं. २ अन्तर्गत सदरमुकाम गुलरियामा स्थित बालमन्दिर प्रा.वि. र जिविस मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्रै जिम्मेवारी दिईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बालमन्दिर प्रा.वि. केन्द्रमा महिला विकास अधिकृत सावित्रा शाह र जिविस मतदान केन्द्रमा शाखा अधिकृत लक्ष्मी नेपाललाई मतदान अधिकृतको जिम्मेवारी दिईएको हो । महिला मैत्री नमुना मतदान केन्द्र बनाउने उद्देश्यले ती केन्द्रमा निर्वाचन गराउन महिला मात्र खटाएको मुख्य निर्वाचन अधिकत ऋषिप्रसाद अधिकारीले बताए ।
बालमन्दिर मतदान केन्द्रमा स्वयंसेवक सहित ७ महिला कर्मचारी र जिविस मतदान केन्द्रमा ४ महिला कर्मचारी गरी जम्मा ११ महिला कर्मचारी खटाईएको छ । अन्य मतदान केन्द्रमा भने एक/ एक जना महिला कर्मचारी परिचालन गरिएको छ ।
यस्तै, जिल्लाका ३ सय १६ वटै मतदान केन्द्र अपाङ्गमैत्री बनाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका प्रत्येक मतदान केन्द्रमा अपाङ्ग, अशक्त र बृद्धबृद्धा मतदाताहरुको लागि छुट्टै लाईनमा सहयोगी कर्मचारीका साथ मतदान गर्न पाउने ब्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया